आज:  | Fri, 01, Jul, 2022

प्रेस चाैतारी प्रदेश अधिवेशन ः कुन प्रदेशमा काे अध्यक्ष ?

२२ फाल्गुन २०७८, आईतवार १०:३४ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेकाे छ। चाैतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशाेसियटमा कमिटी चयन गरेकाे हाे।

प्रदेश १ मा अविजाल विष्टकाे नेतृत्वमा नयाँ कमिटी गठन भएकाे छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन्। बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन्।

उपत्यका प्रदेशमा विष्णु आचार्यकाे नेतृत्वमा कमिटी चयन भएकाे छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन्।