FLASH NEWS
  • Loading...

मानापाथी हिमपहिरोमा परि मुस्ताङमा १५ वटा चौरी मरे

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५२ पटक पढिएको
मानापाथी हिमपहिरोमा परि मुस्ताङमा १५ वटा चौरी मरे

मानापाथी (टुक्चेपीक)हिमालबाट शनिवार विहान ३ बजे छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा परि मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङकी शुशिला गौचनका १५ वटा चौरी (नाक) मरेका छन । शुशिला र अर्का कृषक नरप्रसाद गौचनकागरी अन्य १० वटा चौरी हराएका छन ।
हिउँदमा तल नाउरीकोट, वोक्सीखोला क्षेत्र झारिएका चौरीलाई फागुन दोस्रो हप्ता मात्र माथी चरन खर्क तर्फ लगिएको थियो । मानापाथी हिमालमुनीका सरे, ह्याङ्लीङ, छिप्लिङ, पड्के, हेपिम र हुम्लुङ चरन खर्कमा वारम्वार हिमपहिरो खस्ने गरेको छ । मुलीखर्क र ह्याङ्लीङ चरन खर्कको विचमा ठूलो मानापाथी ग्लेसियर बग्दै तल डिलमा झुण्डीएको अवस्थामा छ ।
‘वस्ती नजिकको चरन खर्क भएकोले चौरीसँग गोठ र गोठाला थिएनन । एक–दुई दिनमा गोठाला जाने धेरैमाथी पुगेका चौरी वुटुलेर तल खर्कमा छोड्ने र घर फर्कने गरिन्थ्यो । शनिवार विहान ३ बजे झरेको हिमपहिरोमा मेरा १५ चौरी मरेछन’ कृषक शुशिला गौचनले भनन, ‘हिमपहिरोको हावाको झोक्काले अन्य चौरीलाई नजिकका गहिरा खोंच (हुम)मा खसालेको हुन सक्छ, १० वटा चौरी अझै भेटिएका छैनन ।’
यस अघि गत कात्तिक तेस्रो सातापनि मानापाथी हिमालबाट झरेको हिमपहिरोपछि तल कोवाङ स्थित अमरसिं माध्यामिक विद्यालयका विद्यार्थी भागदौड गर्दा ९ जना शिक्षक/विद्यार्थी घाईते भएका थिए । त्यसैगरी सोही हिमपहिरोमा परी नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीकागरी २१ वटा याक/नाक मरेका थिए ।