- Loading...
अाज साँझ रकेटको एउटा टुक्रा चन्द्रमामा ठाेक्किएकाे अनुमान
- पुनहिल डट कम
- ३ साल अघि
- ४३२ पटक पढिएको

अन्तरिक्षमा रहेको एउटा रकेटको प्रयोगहीन अंश अाज शुक्रवार नेपाली समय अनुसार साँझ ६:२५ बजे चन्द्रमामा ठोक्किएकाे अनुमान गरिएको छ।
वैज्ञानिकहरूले बताए अनुसार तीन टन तौलको सो अंश अन्तरिक्षमा ९,३३५ किलोमिटर प्रतिघण्टाको गतिमा हुत्तिरहेको छ र शुक्रवार साँझ ठाेक्किएकाे हाे । चन्द्रमामा यो ठोक्किएको पक्का गर्न केही दिन वा साता लाग्न सक्छ किनभने चन्द्रमा वरपर घुमिरहेका भू-उपग्रहले खाडलको तस्बिर पृथ्वीमा पठाएपछि मात्रै त्यो थाहा हुन्छ।
वैज्ञानिकहरूले यसको टक्करबाट बन्ने १० देखि २० मिटरको खाडल र त्यसबाट उड्ने धुलोको अध्ययन गर्ने आशा गरेका छन्।
अन्तरिक्षयानको यो अंश सन् २०१५ को मार्चमा देखिएको थियो। यो अन्तरिक्षको फोहोर भनिने अन्तरिक्षयानका काम नलाग्ने छोडिएका पार्टपुर्जा हो। तीमध्ये केही पृथ्वीनजिकै छन् भने केही हजारौँ किलोमिटर टाढा छन्। युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तरिक्षमा १० सेन्टिमिटरभन्दा ठूला ३६,५०० वटा यस्ता पार्टपुर्जा रहेको अनुमान गरेको छ।
सन् २०१५ मा पहिलो पटक देखिएको छ सातापछि ६३ वर्षीय पिटर बर्ट्विशलले इङ्ग्ल्यान्डबाट यसलाई देखे। यस्ता अंशहरू केही समयपछि देखिन छोड्छन्। तर सात वर्षपछि गत ज्यानुअरीमा त्यो फेरि देखा परेको थियो।
“पृथ्वीनजिकै रहेको बेला मैले केही तस्बिर खिचेँ,” उनले बताए।
मस्कको अन्तरिक्ष कार्यक्रमअन्तर्गतको यानको अंश चन्द्रमामा ठोक्किन लागेको समाचार विश्वभरि फैलियो। टक्करपछि अन्तरिक्षयानको यो अंश हजारौँ टुक्रा हुनेछ र यो कुन यानको हो भन्ने थाहा पाउन नसिकने विविसीमा समाचार प्रकाशित छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
