FLASH NEWS
  • Loading...

९ महिना अघी जलेकाे ट्रान्सफर्मर मर्मत भएन, तातोपानी सवस्टेसन बन्द

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८९ पटक पढिएको
९ महिना अघी जलेकाे ट्रान्सफर्मर मर्मत भएन, तातोपानी सवस्टेसन बन्द

गंगा पुन (दाना) 

अन्नपूर्ण गाउँपालिका, ४ घरापस्थित ३३/११ केभिए सवस्टेसनमा जडित एक मात्र ३ एमविए क्षमताको ट्रान्सफर्मर ९ महिनादेखी विग्रेको छ । क्षमताबढी विधुत भार थेग्न नसक्दा ०७८ जेठमा उक्त ट्रान्सफर्मर जलेकाे थियाे । 
तातोपानी साना जलविधुत आयोजनाको २ मेगावाट विधुत उत्पादन बन्दभएपछि पुरानो र जीर्ण सवस्टेशनमा थापाखोलाको १३.६ मेगावाट र ५ मेगावाटको घलेम्दीखोला जलविधुत आयोजनाबाट उत्पादित विधुत ३३/११ केभिए सवस्टेशनमा सिङ्क्रोनाईजगरी राष्ट्रिय प्रसारणलाईनमा चार्ज गरिएको थियो ।
विधुत भार थेग्न नसकेपछि घरापस्थित सवस्टेसनको ३ एमविए ट्रान्सफर्मर गत जेठ महिनामा जलेको थियो । सवस्टेसनको ट्रान्सफर्मर जलेपछि थापाखोलाको विधुतलाई मुस्ताङको चोखोपानी सवस्टेसनमा चार्ज गरिएको छ भने घलेम्दीलाई दान स्थित २२०/१३२ केभिए सवस्टेसनमा ३३/११ केभिए सवलाईनमा जोडिएको छ । घरापको सवस्टेसनबाट म्याग्दीका अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङमा वितरित विधुतको नियमन गर्ने गरेको छ ।
‘हाम्रो सवस्टेसनमा रहेको एमविए ट्रान्सफर्मर जलेपछि दाना स्थित २२०/१३२ केभिए सवस्टेशनको ३३/११ केभिए सवलाईनबाट पर्वतको जलजला गाउपालिकाको मिलनचोक स्थत सवस्टेशन पुऱ्याई ग्राहकलाई विधुत दिएका छौं’ तातोपानी साना जलविधुत सवस्टेसन प्रमुख शिव नेपालले भने, ‘३ एमविए क्षमताको ट्रान्सफर्मर जलेको लामो समयपछि ६.८ एमविए क्षमताको ठूलो ट्रान्सफर्मर त ल्यायौं तर उचाल्ने क्रेन नपाएकोले उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौं । यस ट्रान्सफर्मरबाट दुई वटा जलविधुत आयोजना, सडकका क्रसरहरुलाई विधुत आपूर्तिमा समस्या आएको छ ।’
४२ मेगा क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनाले पुरै पानी प्रयोग गरेपछि तातोपानी साना जलविधुत आयोजना वन्द छ । आयोजना बन्द भएपछि घरापस्थित ३३/११ केभिए सवस्टेशनमा १३.६ मेवा थापाखोला र ५ मेवा क्षमताको घलेम्दी जलविधुत आयोजनाबाट उत्पादित विधुत सिङ्क्रोनाईज गरिएको छ । ०४६ सालमा निर्मित पुराना र जीर्ण ३३/११ केभिए ट्रान्सफर्मर र प्रशासरण लाईनमा ठूलो क्षमताको विधुत पठाईएकोले भार थेग्न नसकी ट्रिप (सवस्टेसनमा विधुत काटिने) समस्या हुने गरेको छ ।
४२ मेगावाटको मिस्त्रीखोला आयोजनाबाट विधुत उत्पादन सुरु भएसँगै म्याग्दी, पर्वत, मुस्ताङ र बाग्लुङका वस्तीमा पहिलो पटक उज्यालो पुऱ्याएको २ मेगावाटको तातोपानी सानो जलविधुत आयोजना सदाकालागी वन्द भएको छ ।
अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्गको मिस्त्रीखोलामा प्राधिकरणले मुहानभन्दा माथी ड्याम बनाई खोलाको सवै पानी लागी टनेलमा लगेपछि ०४६ मा निर्मित विधुत प्राधिकरण स्वामित्वको तातोपानी साना जलविधुत आयोजनाको एतिहाँसिक विरासत अन्त्य भएको हो ।