- Loading...
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
- पुनहिल डट कम
- २ साल अघि
- ३८३ पटक पढिएको

युक्रेनमा रुसको आक्रमणका बीच एक युक्रेनी सैनिकको बहादुरी अहिले चर्चामा छ । यी सैनिकले रुसी सेनाका ट्यांकको लश्करलाई रोक्नको लागि पुल सहित आफैंलाई बमले उडाइदिए ।
युद्धमा आफ्नो जीवन अर्पण गर्ने यी युक्रेनी सैनिकको नाम भिटाली शकुन हो । युक्रेनको सेनाले भिटालीलाई हिरो बताउँदै उनको बहादुरीबारे सामाजिक संजालमा शेयर गरेको छ ।
रुसी सेनाले पछिल्लो समय निकै तीब्र रुपमा आक्रमण गरिरहेको छ । जवाफमा युक्रेनको सेनासहित सर्वसाधारणले पनि रुसी सेनाको प्रतिरोध गरिरहेका छन् । यही बीचमा खबर आयो कि क्रिमिया नजिकै खेरसान क्षेत्रमा बनेको पुल पार गरेर युक्रेन प्रवेश गर्नको लागि रुसी सेना तीब्र रुपमा अगाडि बढिरहेको छ । यस्तोमा उनीहरुलाई रोक्नको लागि युक्रेनी सेना अलर्ट भयो ।
डेलीमेलका अनुसार खेरसान क्षेत्रमा तैनाथ युक्रेनी सैनिक भिटाली शकुनले अगाडि बढेर मोर्चा सम्हाले र पुलसँगै आफूलाई पनि बम पड्काएर उडाइदिए । भिटालीले यस्तोयसकारण गरे ताकि रुसी सैनिक सहरमा प्रवेश गर्न नसकुन् । जानकारी अनुसार जुन पुललाई भिटालीले उडाइदिए त्यो पुलले रुस नियन्त्रित क्रिमियालाई युक्रेनसँग जोड्छ । भिटाली यो पुलको प्रबन्धन गरिरहेका थिए ।
भिटालीको बहादुरीलाई युक्रेनको सेनाले सलाम गर्दै भनेको छ रुससँग लड्नको लागि त्यहाँ विशेष मरिन बटालियन तैनाथ थियो । यो बटालियनका इन्जिनियर भिटाली शकुनले क्रिमिया नजिकै बनेको हेनिचेस्क पुलमा रुसी सैनिकविरुद्ध मोर्चा सम्हालिरहेका थिए ।
रुसी सेनालाई राजधानी किभतिर बढ्न नदिन पुललाई बम पड्काएर उडाइदिने निर्णय गरिएको थियो । पुल उडाउनको लागि भिटाली शकुनलाई बोलाइयो । पुललाई यसरी उडाउनु थियो कि सेना अगाडि बढ्न नसकोस् । भिटालीले आफ्नै ज्यान दाउमा राखेर अन्तिम साससम्म मिसन पूरा गरे । तर उनी त्यहाँबाट निस्किन सकेनन् । पुल उडाउनको लागि उनले जुन विष्फोट गराए त्यसमा उनको पनि मृत्यु भयो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
