- Loading...
कूटनीतिमा ‘नोटेड’को अर्थ के हो ?
- पुनहिल डट कम
- २ साल अघि
- ३३३ पटक पढिएको

एमसीसी लिनैपर्छ भनेर दबाब दिने अमेरिका र एमसीसी नलेऊ भनेर दबाब दिने चीन दुवैले संसदबाट एमसीसी अनुमोदन गरेको घटनाको प्रतिक्रिया एउटै शब्द जनाए- नोटेड । दुवै देशले एमसीसी र व्याख्यात्मक घोषणाको अनुमोदनलाई ‘नोटेड’ गरेको उल्लेख गरेका छन् ।
कूटनीतिमा ‘नोटेड’ शब्दले के आशय व्यक्त गर्छ त ? पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूत भेषबहादुर थापाले न्युज कारखानाको जिज्ञासामा भने, ‘यसलाई सकारात्मक र नकारात्मक दुवै हिसाबबाट लिन सकिन्छ ।’ तर, अमेरिकाले ‘नोटेड’ भनेर कार्य एक कदम अघि बढेको संकेत दिएको बुझाई थापाको छ ।
‘नोटेड भनेको एक कदम अगाडि हो । एमसीसीको विषयमा नेपालको प्रयासलाई नोट गर्याैं भन्ने हो,’ थापाले भने, ‘धेरै वादविवादपछि एमसीसी संसदले अनुमोदन गर्याे । त्यही प्रक्रियालाई अलिकति प्रोत्साहन गर्न ‘नोटेड’ भनेको हो ।’
कूटनीतिमा ‘नोटेड’ शब्दले नकारात्मक अर्थ बढी दिन्छ । कुनै कुरालाई स्वागत गर्न नसकिने भयो र असन्तुष्टिका साथ जानकारी भयो भन्ने सन्देश दिनुपर्दा प्रायः कूटनीतिमा ‘नोटेड’ शब्द प्रयोग गरिन्छ ।
नेपालले ३ असाेज २०७२ मा नेपालको संविधानसभाले नयाँ संविधान जारी गर्दा भारतले यसैगरी असन्तुष्टि जनाएको थियो । त्यसअघि संविधान जारी गर्ने मिति पछि सार्न र संविधानमा समेटिएका केही विषयवस्तु फेर्न भारतले नेपालमाथि दबाब दिंदै आएको थियो ।
भारतीय दबाबको बेवास्ता गर्दै नेपालले संविधान जारी गरेपछि भारतले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ‘नोटेड’ गरेको जनाएको थियो । त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।*डिसीनेपाल

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
