FLASH NEWS
  • Loading...

म्यादी प्रहरीमा दुइ दिनमा ५५१ जनाले दिए आवेदन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१२ पटक पढिएको
म्यादी प्रहरीमा दुइ दिनमा ५५१ जनाले दिए आवेदन

म्यादी प्रहरीमा भर्ना हुन दुई दिनमा ५ सय ५१ जनाले आवेदन दिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। आइतबारदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि युवाहरूको भिड लागेको छ ।

प्रहरी कार्यालयका अनुसार आइतबार ६ गते ५२ महिला र १४६ जना पुरुष गरि १९८ जना र सोमबार ७ गते ६८ जना महिला र २८५ जना पुरुष गरि ३५३ जनाले आवेदन दिएका छन । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरीले जनाएको छ ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने म्याग्दी प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइनेछ ।