FLASH NEWS
  • Loading...

म्याग्दीमा ९४ थान लाइसेन्सवाला हतियार, राख्नेमा ११ जना महिला, वुझाउन प्रशासनको उर्दी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३० पटक पढिएको
म्याग्दीमा ९४ थान लाइसेन्सवाला हतियार, राख्नेमा ११ जना महिला, वुझाउन प्रशासनको उर्दी

प्रशासन कार्यालय म्याग्दीले जिल्लामा भएका सवै ९४ थान इजाजत प्राप्त हतियारहरु नजिको प्रहरी कार्यालयमा बुझाउन भनेको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षा ब्यवस्थित गर्न प्रशासन कार्यालयले शुक्रवार एक सूचना प्रकाशित गरी निर्वाचनपछि फिर्ता लैजाने गरी चैत २५ गते भित्र सवै हतियार बुझाउन भनेको हो । सूचनामा निर्धारित समय मित्र हतियार नवुझाएमा खानतलासी गर्दा फेला परे कानुन बमोजिम कार्वाही गर्ने उल्लेख छ ।


अभिलेख अनुसार जिल्लामा ९४ थान विभिन्न कम्पनी र मोडेलका ९४ थान इजाजत प्राप्त हतियार छन । इजाजत भएका हतियारमध्य अन्नपूर्ण गाउँपालिकाको भित्रका साविक गाविस अन्र्तगतका दोवा, दाना, नारच्याङ र राम्चेमागरी १५ थान हतियार छन । त्यस्तै रघुगंगा गाउँपालिका भित्र साविक गाविस अन्र्तगतका पाखापानी, पिप्ले, भगवती, बेग, दग्नाममा बढी हतियार छन । जिल्लामा सवै भन्दा धेरै पाखापानी ठेगाना उल्लेख गरिएको एक परिवारमा २५ वोर राईफल, २२ बोर राईफल, २ नाले १२ बोर विर्ज लोडिङ, १ नाले १२ बोर विर्ज लोडिङ, २२ बोर राईफलगरी ५ थान हतियार रहेको अभिलेखमा पाईन्छ ।
त्यस्तै बेनी नगरपालिका भित्र २६ थान हतियार छन । मंगलामा ९ थान, मालिकामा १४ थान र धवलागिरीमा ७ थान इजाजत प्राप्त हतियार छन । जातिगत रुपमा सर्वाधिक धेरै थकाली जातीसँग हतियार रहेका छन । लैङ्गिक रुपमा हेर्दा ११ जना महिलाको नाममा हतियार राखिएको अभिलेखमा भेटिन्छ ।