FLASH NEWS
  • Loading...

म्याग्दी : जनसंख्या महिला धेरै, मतदाता भने पुरुष बढी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९७ पटक पढिएको
म्याग्दी : जनसंख्या महिला धेरै, मतदाता भने पुरुष बढी

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तीम मतदाता नामावली अनुसार आसन्न स्थानीय तह निर्वाचनमा ८५ हजार ३ सय ७५ जनाले मतदानमा भाग लिँदैछन ।
केन्द्रीय तथ्याङ्कले हालै सार्वजनिक गरेको प्रारम्भीक जनगणना ०७८ को विवरण अनुसार म्याग्दीमा महिलाको संख्या धेरै देखिएको भएपनि निर्वाचन आयोगले आईतवार सार्वजनिक गरेको मतदाता नामावलीमा भने पुरुष मतदाताको संख्या धेरै देखिएको छ ।
अन्तीम मतदाता नामावली अनुसार म्याग्दीमा ४१ हजार ४ सय १६ महिला, ४३ हजार ९ सय ६० पूरुष र १ अन्य मतदाता रहेका छन । प्रारम्भीक जनगणना ०७८ को विवरण अनुसार ५२ हजार ५ सय ५४ पुरुष र ५४ हजार ८ सय १८ जना महिला छन ।
तथ्याङ्कले पुरुष जनसंख्या भन्दा महिलाको संख्या २ हजार २ सय ६४ जनाले बढी छ । तर मतदाता विवरणमा भने महिला मतदाताभन्दा २ हजार ५ सय ४४ पुरुष बढी छन ।