FLASH NEWS
  • Loading...

मानवअधिकार एलायन्स म्याग्दीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३१५ पटक पढिएको
मानवअधिकार एलायन्स म्याग्दीको अध्यक्षमा पौडेल सर्वसम्मत

राष्ट्रिय मानवअधिकार तथा समाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) म्याग्दी शाखाको शुक्रवार सम्पन्न चौंथो जिल्ला अधिवेशनबाट दीपक पौडेल निर्विरोध चयन भएका छन ।
नवनिर्वाचित जिल्ला समितिको उपाध्यक्षमा कमला बानियाँ थापा, सचिवमा दिलु विटालु, सहसचिवमा विवा रोका मगर, कोषाध्यक्षमा सुमित्रा खत्री क्षत्री चयन भएका छन ।
त्यसैगरी सदस्यमा हितमायाँ जुग्जाली, खुमबहादुर किसान, नेकसरा पुन, विमला शेरपुञ्जा, भुलकुमारी रोका, भीमबहादुर रिजाल, पी. रेग्मी चयन भएका छन । एक सदस्य पछि मनोनित गर्ने एलायन्सका नवनिर्वाचित अध्यक्ष दिपक पौडेलले बताए ।
जिल्ला अधिवेशनकाे एक कार्यक्रमका विच नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले उद्घाटन गरे । अधिवेशन उद्घाटनमा एमाले जिल्ला सचिव सुरत केसी र धवलागिरी गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला उपसचिव थमसरा पुनले शुभकामना दिएका थिए ।