FLASH NEWS
  • Loading...

समितिका सदस्यबाट असुरिक्षत भन्दै प्रहरी कार्यालय पुगे बेनी अस्पतालका डाक्टर

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६५ पटक पढिएको
समितिका सदस्यबाट असुरिक्षत भन्दै प्रहरी कार्यालय पुगे बेनी अस्पतालका डाक्टर

गण्डकी प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रालयले नेकपा एसको कोटाबाट हालै म्याग्दीको बेनी अस्पताल ब्यवस्थापन समितिमा नियुक्त पर्वतको जललजा गाउँपालिका, ४ मल्लाज बगरफाँटका विज्ञान शर्माबाट असुरक्षित भएकाे भन्दै बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कंडेलले  आफु र श्वास्थ्यकर्मीकाे सुरक्षाा माग्दै प्रहरी कार्यालयमा उजुरी गरेका छन ।
पर्वतको जललजा गाउँपालिका, ३ मल्लाजकी २९ बर्षिया पुष्पा श्रेष्ठको बेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएपछि समिति सदस्य शर्माले मृतकका आफन्तलाई भड्काएर उपचारमा संलग्न डाक्टरलाई अपशब्द प्रयोग गर्ने, धम्की दिएको भन्दै डा. कंडेलले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा उजुरी गर्न पुगेका हुन ।
‘अस्पतालमा उपचाररत विरामीको मृत्युको विषयमा आफन्तले उपचार विधीमा सन्तुष्ट भैसकेको अवस्थामा समितिकैसदस्यले देखाएको अभद्र ब्यवहार, प्रयोग भएका धम्कीपूर्ण भाषामा स्टाटस लेखेपछि म र श्वास्थ्यकर्मी सवै असुरक्षित महसुस गरेका छौं । त्यसैले प्रहरी, प्रशासनमा लिखित नै सुरक्षा माग गरेका हौं’ मेसु डा.कंडेलले भने, ‘अस्पतालमा भर्ना भएका विरामीलाई अस्पताल र हामी डाक्टरहरुको क्षमता अनुसार उपचार प्रयास गरेका हौं । अति दुखाई भएका विरामीलाई प्रोस्युडर अनुसार नै सानोबाट ठूलो डोजको औषधी दिने हो । म समेत चार जना मेडिकल अफिसर र चार जना कन्सल्टेन्ट डाक्टरसमेतको टोली उपचारमा संलग्न भै उपचारमा हदै प्रयास गरेका हौं ।’
फागुन २५ गते गर्दनसमेत मांशपेशीको दुखाइ भै बेनी अस्पतालको आस्मिक भर्ना गरिएको श्रेष्ठको आईतवार विहान ११ बजे उपचारक्रममा मृत्यु भएको थियो । विरामीको उपचार हिष्ट्री नबुझी दमका रोगीलाई दिन नमिल्ने ट्रामाजोल औषधीको ओभर डोज दिईउको, विहान ३ बजे विरामी सिकिस्त भएको तर नर्स ४ बजे र डाक्टर ५ बजेपछि मात्र विरामी हेर्न आएको, जिल्लामा उपचार नहुने विरामीलाई रिफर नगरी भर्ना गरिएको भन्दै उपचार क्रममा अस्पतालले गम्भीर गल्ती गरेको आरोप लगाईएको छ ।
‘म बेनी अस्पताल ब्यवस्थापन समितिको सदस्य हुँ । मेरो दायित्व अस्पतालमा डाक्टरले गरेका गल्ती कमजोरी लुकाउने होईन, बरु विरामीको उपचारमा गरिने गम्भीर गल्तीकमजोरी औल्याउने र सच्याउने हो’ समितिका सदस्य विज्ञान शर्माले भने, ‘मृतकका आफन्तहरु आक्रोसित भएको स्थानमा उपचारमा देखिएको लापरबार्हीको मैले अलि ठूलो स्वरमा बोल्दा धम्की दिएको आरोप सहित डाक्टर आफैले प्रहरीमा उजुरी दिएका छन ।’ शर्माले थपे, ‘उठान भएका समस्या प्रहरीमा उजुरी दिएर सुल्झिने विषय होईन, जे नहुनु थियो भएको छ, उप्रान्त त्यस्ता गल्ती दोहोरिन नदिए भैहाल्यो नि ।’
 ब्यवस्थापन समिति सदस्य शर्माले अस्पताल प्रमुख मेसु कंडेलको सरुवा भैसकेको भएपनि अस्पताल भित्र रहेको ७० लाखबढी इन्सेन्टीभ रकमको लोभमा बसेको आरोप समेत लगाएका छन । ‘अस्पताल भित्रका आर्थिक अनियमितता खोजी हुन थालेपछि आत्तिएका डाक्टरले विषय ट्वस्ट गर्न असुरक्षाको उजुरी दिएका हुन ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायवउपरिक्षक श्यामकुमार राईका अनुसार एक चरण दुवै पक्षलाई राखेर छलफल गऱ्यौं, निकास निक्लेको छैन । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत आरोपी र आरोपित दुवै पक्ष बसेर त्यहीं छलफल गर्ने भनी प्रहरीबाट निक्लेका फर्केका छैनन ।