FLASH NEWS
  • Loading...

डम्बरामा पार्किङमा राखेको दुई वटा गाडीमा आगोलागी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०२ पटक पढिएको
डम्बरामा पार्किङमा राखेको दुई वटा गाडीमा आगोलागी

विहिवार विहान अन्दाजी ४ बजे बेनी दरवाङ सडक अन्तर्गत बेनी नगरपालिका, ६ डम्बरामा पार्किङमा राखेका दुई वटा गाडीमा अज्ञात ब्यक्तिले आगो लगाई दिएको प्रहरीले जनाएको छ ।
डम्बरामा सडक छेउमा पार्किङ गरी राखेका ध १ ज ९८६ नम्बरको इको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगोलागी भएको हो । यी दुवै गाडी वुधवार साँझ ७ बजे सोही स्थानमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधवार साँझ ७ बजे सडक छेउमा पाकिङमा राखेको ट्याक्सीलाई बेनीदेखी तातोपानी तर्फ जाँदै गएको इको भ्यानले पछाडीबाट ठक्कर दिँदै अगाडी नालीमा खसेको थियो ।
दुर्घटनाग्रस्त गाडीलाई स्थानीयले नालीबाट झिकेर सडक किनारामा राखिदिएका थिए । प्रहरीले चालकको मदिरा सेवन गरे नगरेको परिक्षणगरी मानवीय क्षति नभएको कारण दुवै गाडीका धनीहरु राखी एक अापसमा गाडी मर्मत गर्नेगरी मिलापत्र गराई पठाएको थियो । चालक समेत रहेका दुवै गाडीधनी स्थानीय बेनमा, ६ डम्बराकै हुन । तर विहिवार विहान ४ बजे अज्ञात समुहले दुवै गाडीमा आगो लगाएको भेटिएको हो ।
‘सडक किनारामा पार्किङ गरी राखेका दुई वडा गाडीमा आगो लागेको खवर आएपछि प्रहरी पुगी आगो नियन्त्रणमा लिएका छौं’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रहेका प्रहरी निरीक्षक विरेन्द्र गुरुङले भने, ‘घट्ना प्रकृति अलि अस्वभाविक देखिएकोले थप अनुसन्धान गरिरहेका छौं ।’