FLASH NEWS
  • Loading...

कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका म्याग्दीकाे उत्कृष्ट

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२६ पटक पढिएको
कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका म्याग्दीकाे उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका जिल्लामै पहिलो भएको छ । पालिकाले आर्थिक बर्ष २०७७/०७८ मा सम्पादन गरेको कार्य प्रगतिको आधारमा मंगला पहिलो भएको हो । 

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो ।

विभिन्न १७ वटा सूचकलाई आधार बनाई एक सय पूर्णाङ्कमा गरिएको मूल्याङ्ककनमा मंगला गाउँपालिकाले ६६ दशमलव ३५ अंक प्राप्त गरी म्याग्दीमा पहिलाे बनेकाे हाे ।

त्यस्तै बेनी नगरपालिकाले ६५ दशमलव ८९, रघुगंगाले ६३ दशमलव १०, मालिकाले ६२ दशमलव ६४, अन्नपूर्णले ६२ दशमलव १४ र धौलागिरीले ६१ दशमलव ९६ प्रतिशत अंक प्राप्त गरेको आयोगद्वारा जारी सूचनामा उल्लेख भएको छ ।

वित्त आयोगले विद्युतीय पोर्टल तयार गरेर विवरण माग गरेको र त्यस अनुसार पठाईएको विवरणको आधारमा मंगला गाउँपालिकाले जिल्लाका पालिका मध्य सवै भन्दा धेरै अंक प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङगानाले बताए

मूल्याकंनकै आधारमा आयोगले आगामी आर्थिक बर्षको वजेटका लागि संघलाई सिफारीस गर्ने र वढि अंक प्राप्त गरेका पालिकालाई रकम थप हुने ब्यवस्था छ । चालु र पूजिगत वजेट खर्च प्रगति, शिक्षा, स्वास्थ्य, कृषि, बिकास निर्माण, प्रशासनिक, सामाजिक प्रगति, कार्यपालिकाको वैठक लगाएतका १७ वटा सूचकको आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो ।