FLASH NEWS
  • Loading...

अखिल नेपाल महिला संघको अध्यक्षमा यसोदा रोका निर्वाचित

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०७ पटक पढिएको
अखिल नेपाल महिला संघको अध्यक्षमा यसोदा रोका निर्वाचित

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित भएकी छिन । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । 

कमिटीकाे उपाध्यक्षमा हेमकुमारी गर्बुजा, पशुपति शाही, सचिवमा बिष्णु गुरुङ, सहसचिवमा देवकुमारी पुन र कोषाध्यक्षमा लक्ष्मी भण्डारी चयन भएका छन । संघकाे बिद्यान अनुसार ४५ सदस्यीय जिल्ला कमिटि गठन गरि पहिलो बैठकबाट अध्यक्ष सहितको पदाधिकारी चयन गरिएको हो । 

त्यस्तै सदस्यहरुमा भुलमाया तिलिजा, पेमा अधिकारी, सुनिता केसी, सुस्मिता सापकोटा, जानुका अधिकारी, भावना पौडेल, शोभा परियार, तेजिमाया बिश्वकर्मा, आशा गुरुङ, मनदेवि परियार, रत्नकुमारी कार्की, सरिता पुन, हरिमाया घर्ती लगायत छन ।