FLASH NEWS
  • Loading...

विद्यार्थीलाई निर्घात कुटपिटपछि घाइते भएकाे अाराेप

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०२ पटक पढिएको
विद्यार्थीलाई निर्घात कुटपिटपछि घाइते भएकाे अाराेप

सदरमुकाम बेनी स्थित प्रकाश माध्यामिक विद्यालयमा कक्षा १० अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेकाे अाराेप लागेकाे छ।
बेनी नगरपालिका, ६ माझखेतका राजन पौडेललाई लेखा शिक्षक नविन घिमिरेले लौरोले निर्घात कुटपिट गर्दा घाईते भएको भन्दै पीडित अभिभावकले विद्यालयमा उजुरी गरेका छन । शुक्रवार तेस्रो पिरियडमा लेखा विषय पढाईरहेका शिक्षक घिमिरेलाई पछाडीबाट अज्ञात विद्यार्थीले कागजको डल्लोले हानेपछि रिसाएका शिक्षकले पौडेलसमेत ५ जना छात्रलाई पाईपको लौरोले पिटेको जनाइएकाे छ । 
‘छोरा राजनले वान्ता गर्ने, खाना नखाने र स्वास फेर्न समस्या भएको बताएपछि बेनी अस्पतालमा आई एक्सरे गर्दा करङ भाँचिएको रहेछ’ राजनका बाबु भीमप्रसाद पौडेलले भने, ‘डाक्टरको सल्लाह अनुसार छोरालाई घरमै अाैषधी दिएर आराम गर्न लगाएका छाैं ।’ 

विद्यालयका अनुसार शुक्रवार १२.१५ देखी १२.५० बजेसम्म लेखा विषयको कक्षा चलिरहेको वेला शिक्षक घिमिरेले अगाडी पढाई रहँदा पछाडीबाट कागज डब्लो बनाई हान्दा सरको गर्धनमा लागेपछि कस्ले हानेको हो भनी सोधीखोजी गर्दा कसैले पनि प्रतिकृया नदिएपछि पाईपको लठ्ठी ल्याई पछाडीको वेन्चबाट विधार्थी उठाउँदै हातमा हानेको र हात लुकाउँदा हिपमा हानेका हुन । कोहीले पनि मैले हानेको वा अर्को साथीले कागज फालेको नभनेपछि ५ जनालाइ कुटपिट भएको र उक्त दिनभर पीडित विद्यार्थी कक्षामा सामान्य रुपमै बसेको पनि विद्यालयले दावी गरेकाे छ ।
‘शुक्रवार भएपनि ३ बजेसम्म पढाई हुन्छ । विद्यालय विदा हुँदासम्म घट्ना थाहा भएन । निवेदन लिएर अभिभावक नै आएपछि आरोपीत शिक्षकसँग सोधपुछ गरेका छौं । सरले ५ जनालाई लठ्ठीले हानेको हो तर त्यस्तो घाईते हुनेगरी हानेको होईन भन्नु भएको छ । थप छानविन गरिरहेका छौं’ सहायक प्रध्यानअध्यापक लेखबहादुर हमालले भने, ‘पीडित विद्यार्थी पहिल्यै विरामी भएको र सो घट्नापछि थप विरामी हुन सक्छन । करङ भाँचिएको भन्ने कुरा डाक्टरी रिपोर्ट नहेरी भन्न मिलेन । छानविन गर्दैछौं, दोषी भेटिए शिक्षकलाई कारवार्ही गर्छौ ।’ सहायक प्रअ हमालले थपे, ‘एउटा विद्यार्थीले कागजको डल्लो फालेको रहेछ, साथी जोगाउन गुपचुप वस्दा अर्का विद्यार्थीले कुटाई खाएको छानविनबाट बुझियो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल