आज:  | Tue, 28, Jun, 2022

एमसीसी सम्झौता प्रस्ताव बहुमतले पारित

१५ फाल्गुन २०७८, आईतवार २०:२२ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ’ भनिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘देशको मूल कानुनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरुभन्दा माथि रहेको छ भनी घोषणा गर्दछ ।’