- Loading...
स्तन सर्जरीले लियो किशोरीको ज्यान
- पुनहिल डट कम
- २ साल अघि
- ५६० पटक पढिएको

पछिल्लो समय स्तन सुन्दर बनाउन सर्जरी गराउने प्रचलन बढिरहेको छ । यो क्रेज युवा महिलाहरुमा बढी देखिएको छ । यस क्रममा सर्जरीमा भएको गल्तीका कारण महिलाले ज्यान गुमाउनु परेका खबरहरु पनि आउन थालेका छन् । यस्तै एउटा घटना अमेरिकाको कोलोराडोमा भएको छ । यहाँकी १८ वर्षकी एक किशोरीले स्तनको सर्जरीका कारण ज्यान गुमाउनु परेको छ ।
पिपुल म्यागजिनको एक रिपोर्टका अनुसार यी किशोरीको सर्जरी गर्ने प्लास्टिक सर्जनमाथि हत्याको आरोप लागेको छ । सर्जनको सर्जरीमा भएको खराबीका कारण यी किशोरी सर्जरीपछि १४ महिनासम्म कोमामा रहिन् र अन्ततः उनको मृत्यु भयो । ५२ वर्षीय सर्जन डा. जेफ्री किममाथि एम्मालिन गुयेन नामकी यी किशोरीको हत्याको आरोप लागेको छ । पुलिस अधिकारीहरुले उनको गिरफ्तारीको वारेन्ट जारी गरेका छन् । वारेन्ट जारी भएपछि सर्जनले बुधबार आफैं पुलिससामु आत्मसमर्पण गरेका छन् ।
रिपोर्टका अनुसार किशोरीको परिवारको तर्फबाट कुनै आधिकारिक आपराधिक मुद्दा दायर भएको छैन तर सर्जनले यो मामिलामा कैयौं आरोपको सामना गर्नु पर्न सक्छ जसमा गुण्डागर्दी, लापरवाहीका कारण हत्या र आफ्नो काम ठिकसँग नगर्नु जस्ता आरोप छन् । यद्यपि आरोपी सर्जनलाई गिरफ्तारीपछि ५ हजार डलर धरौटीमा रिहा गरिएको छ ।
जाँचकर्ताहरुका अनुसार १ अगष्ट २०१९ मा किमले १८ वर्षकी एम्मालिन गुयेनको स्तनको सर्जरी गर्दै थिए । सर्जरीका लागि नर्स रेक्स मिकरले एम्मालिनलाई बेहोस बनाउनको लागि एनेस्थेसिया दिइन् जसका कारण एम्मालिनको हृदय गति रोकियो । यो घटना भइसकेपछि पनि डाक्टर किमले पुलिसलाई जानकारी दिएनन् । एम्मालिनको ब्रेन डेड भयो र उनी कोमामा गइन् । उनी बोल्न पनि सक्दिनथिन् र बेडबाट उठ्न पनि सक्दिनथिन् । यो घटनाको १४ महिनापछि उनको मृत्यु भयो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
