FLASH NEWS
  • Loading...

किभ ९६ घन्टामा ढल्न सक्ने अमेरिकी आँकलन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१९ पटक पढिएको
किभ ९६ घन्टामा ढल्न सक्ने अमेरिकी आँकलन

युक्रेनको राजधानी किभमा विहिवार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ। बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको छ । एउटा मिसाइललाई देशको रक्षा प्राणालीले बिफल पारिदिएको बताएको छ।

तर, अर्कोले मिसाइलले आवासीय भवनमा क्षति भएको छ। युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ । किभ ९६ घन्टामा ढल्ने र एक सातामा सरकार भत्किने अमेरिकी सुरक्षा अधिकारीहरुले आँकलन गरेका छन्।

रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई नियन्त्रणमा लिएको छ। भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन् । यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ । रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु वासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन्।