Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

युक्रेनमा रुसको आक्रमण सुरु, राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइलबाट आक्रमण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४६८ पटक पढिएको
युक्रेनमा रुसको आक्रमण सुरु, राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइलबाट आक्रमण

रुसले युक्रेनसँग युद्धको सुरुवात गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य कारवाहीको घोषणापछि युक्रेनमा कैयौं ठाउँमा विष्फोट भएका छन् । युक्रेनको राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइलबाट आक्रमण भएको जानकारी प्राप्त भएको छ । पुटिनले सैन्य कारवाहीको घोषणा गर्दै अन्य देशहरुलाई यस मामिलामा दखल नदिन अन्यथा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

रुसी राष्ट्रपति पुटिनले युक्रेन–रुस युद्ध टार्न नसकिने बताउँदै रुसले विशेष सैन्य अभियान सुरु गर्न लागेको घोषणा गरेका थिए । उनले यो सैन्य अभियानको लक्ष्य युक्रेनका कब्जा गर्नु नभएको बताएका छन् । पुटिनले युक्रेनको सेनासँग हतियार छोडेर आफ्नो घर जान भनेका छन् । युक्रेनका विदेश मन्त्रीले पुटिनले पूर्ण परिमाणमा आक्रमण गर्न सुरु गरेको बताएका छन् । उनले भने ‘शान्तिपूर्ण युक्रेनमा आक्रमण भएको छ । यो आक्रामकताको युद्ध हो । युक्रेनले यसमा आफ्नो रक्षा गर्नेछ र जित्नेछ ।’

डेलीमेलका अनुसार रुसी सेना युक्रेनमा प्रवेश गरेपछि युक्रेनले देशमा ‘मार्शल कानुन’ लागू गरेको छ । बिग्रँदो अवस्थाका बीच किभ विमानस्थल खाली गराइएको छ । त्यहाँ रहेका स्टाफ र यात्रुलाई बाहिर निकालिएको छ । अहिले त्यहाँ विदेशका तीन जहाज छन् जो उड्नुपर्ने थियो तर उनीहरुले टेकअफ गर्न पाएनन् । युक्रेनको राजधानी किभसँगै ओडेसा, खारकिभ र दोनेत्स्कमा विष्फोटका आवाज सुनिएका छन् । किभभन्दा पहिले बिहीबार बिहानै दोनेत्स्कमा पाँच विष्फोट भएका थिए । दोनेत्स्क ती २ क्षेत्रमध्ये एक हो जसलाई हालै रुसले मान्यता दिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् ‘जसले पनि हाम्रो काममा हस्तक्षेप गर्ने कोसिस गर्नेछ वा हाम्रा मानिसहरुको लागि खतरा उत्पन्न गर्ने कोसिस गर्नेछ उसलाई थाहा हुनुपर्छ कि रुसको प्रतिक्रिया तत्काल हुनेछ र तपाइँलाई यस्ता परिणामतर्फ लिएर जानेछ जस्तो तपाइँले इतिहासमा यसअघि कहिल्यै पनि अनुभव गर्नुभएको छैन ।’

रुसको सैन्य कारवाहीका बीच उता संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक पनि जारी छ । यो बैठकमा रुसका प्रतिनिधिले भने ‘पुटिनले जुन विशेष सैन्य अभियानको घोषणा गरेका छन् त्यो युक्रेनका जनतालाई बचाउनको लागि हो जो वर्षौंदेखि कष्टमा थिए । हामी युक्रेनमा नरसंहार बन्द गराउन चाहन्छौं । जे पनि निर्णयहरु भएका छन् ती युएन चार्टरको आर्टिकल ५१ को हिसाबले भएका छन् । हामी परिस्थितिमा निगरानी गरिरहेका छौं ।’

यो बैठकमा युक्रेनका प्रतिनिधि पनि उपस्थित थिए । युक्रेनका प्रतिनिधिले बैठकमा भने ‘रुसका राष्ट्रपतिले अन रेकर्ड युद्धको घोषणा गरेका छन् । अब यस संस्थाको जिम्मेवारी हो कि उसले युद्ध रोकोस् । म सबैसँग यो युद्ध रोक्न अपिल गर्दछु । के मैले यहाँ भिडियो पनि चलाउनुपर्छ जसमा पुटिनले युद्धको घोषणा गरेका छन् ?’

युक्रेनमा रुसको सैन्य कारवाहीको घोषणापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आक्रमणबाट हुने मृत्यु र विनाशको लागि रुस एक्लै जिम्मेवार हुने बताएका छन् । उनले अमेरिका र उसका सहयोगीहरुले एकजुट भएर निर्णायक जवाफ दिने बताए । विश्वले यसको लागि रुसलाई जवाफदेही मान्ने बताउँदै उनले नेटो सहयोगीहरुसँग समन्वय गर्ने बताए ।

क्रेनको सीमामा बिग्रँदो हालतका कारण कैयौं एयरलाइन्सले त्यस क्षेत्रलाई डु नट फ्लाइ जोन घोषित गरेका छन् । यस्तो घोषणा गर्ने एयरलाइन्सहरुमा युरोपियन क्यारिअर्स पनि छन् । कमर्सियल एभिएसले युक्रेन रुस बोर्डर अब प्रतिबन्धित एयरस्पेस भएको प्रस्ट पारेका छन् । खारकिभसहित युक्रेनका कैयौं विमानस्थलले सबै उडान निलम्बित गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल