आज:  | Fri, 24, Jun, 2022

वन उपभोक्तालाई उद्यमशिलता तालिम

९ फाल्गुन २०७८, सोमबार २०:५७ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दीका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधीहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको हो । सात दिन सैद्धान्तिक र दुई दिन स्थलगत अध्ययन अवलोकन गराइएको थियो ।

छ वटै स्थानीय तहका २४ जनाको सहभागिता रहेको तालिमको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाट र सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले सहजिकरण गरेका थिए।

वनमा आधारित उद्यमको बिकासका लागि स्रोतको पहिचान र परिचालन गरेर आयआर्जन सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।