FLASH NEWS
  • Loading...

अव खाेलामा बग्ने छैन राहुघाटखोला

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१२ पटक पढिएको
अव खाेलामा बग्ने छैन राहुघाटखोला

जिल्लाकाे मध्यभागमा पर्ने  रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेमंगलेबाट निक्लेर साेही पालिका, ३ पिप्लेकाे गलेश्वरमा पुगेर कालीगणडकीमा समाहित भएपछि सकिने राहुघाट खाेला अव भने अाफ्नाे प्राकृितक बाटाे (खाेला)बाट निर्वाध वग्न नपाउने भएकाे छ ।

पिप्लेदेखी माथी दग्नाम, चिमखाेलाहुँदै कुइनेमंगलेकाे माथी ढाँडसम्म जलविधुत अायाेजना बन्ने भएपछि राहुघाटकाे पानी सुरूङबाट मात्र बगाइने भएकाे हाे । रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्लेदेखी माथी ८ नम्बवर वडा रहेको मंगलेसम्मको एकपछि अर्कोगरी आयोजना निर्माणाधिन छन । धौलागिरी हिमालको दक्षिणपूर्वी मोहडामा पर्ने धौलागिरी आईसफलबाट निक्लेर तल कालीगण्डकी नदीमा मिसिन झर्ने राहुघाट खोला रघुगंगा गाउँपालिका भित्र भएर बग्ने हिमनदी हो ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्लेदेखी माथी ८ नम्बवर वडा रहेको मंगलेसम्मको झण्डै ३० किलोमिटर क्षेत्रमा एक आयोजनाको विधुत गृहबाट निक्लेको पानीलाई तुरुन्तै ड्याम बनाई अर्को आयोजनाको टनेलमा छिराउनेगरी धमाधम चार वटा आयोजना निर्माणाधिन छन । अर्थात अव राहुघाट खाेला घ्याङ्सीखर्कबाट चिमखाेलाहुँदै तल कालीगणडकी नदीमा मिसिदासम्म हिउँदका दिनमा बाहिर बग्न नपाउने भएकाे हाे। वर्खामा बढी हुने पानी भने खाेलामा बग्ने छ ।
रघुगंगा गापाको ३, ४ र ५ वडा समेटिएको भागमा नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४२ मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले हालसम्म ४५ प्रतिशत प्रगति गरेको जनाएको छ । आयोजनाको सिभिल तर्फ भारतको जयप्रकाश एशोसयट र तथा इलेक्ट्रोमेकालिकल तर्फको भारतीय सरकारी कम्पनी भारत हेभी इलेक्ट्रीकल्स (भेल)ले ठेक्का लिएका छन ।
तुँदी पावर कम्पनीले रघुगंगा गापाको ८ वडाको बन्दीमा बाँध निर्माणगरी ५.५ किलोमिटर लामो टनेलबाट पानी ल्याई सोही गापा, ७ चिमखोलाको मलाङमा विधुत गृह रहने ३५.५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविधुत आयोजना निर्माण गरिरहेको छ । ५ अर्व ९२ करोडबढी लागत अनुमान गरिएको आयोजनाले पहुँच मार्ग पुरा गरी ५ सय ३० मिटर टनेल निर्माण गरिसकेको जनाएको छ ।
त्यसैगरी तुँदी पावर कम्पनीले नै सोही खोलामा अर्को ४८.५ मेगावाट क्षमताको अपरराहुघाट जलविधुत आयोजना पनि निर्माण थालेको छ । मंगलेराहुघाट जलविधुत आयोजनाको विधुत गृहबाट निक्लेको पानीमा छेउको ठूलोखोलाको पानी समेत मिसाई सोही स्थानबाट ५ किमी लामो टनेलबाट पानी ल्याई राहुघाट जलविधुत आयोजनाको बाँधस्थल भन्दा केही माथी बुक्लमा विधुत गृह बनाउँदै छ । अपरराहुघाट आयोजनाको पनि ५ किमीमध्य २ सय ३५ किमी टनेट निर्माण पुरा भएको छ ।
तुँदी पावर कम्पनीका आवसिय इन्जिनियर प्रकाश तिमिल्सीनाका अनुसार कम्पनीले दुवै आयोजना एकसाथ अगाडी बढाईरहेको छ । तिमिल्सिनाका अनुसार दुवै आयोजनामा छुट्टाछुट्टै कम्पनीहरुले हाईड्रोमेकानिकल, सभिल र इलेक्ट्रो तर्फका काम गर्ने गरी मोडेल तयार भएको छ ।
त्यसैगरी रघुगंगा गापा, ८ कुईमेमंगले क्षेत्रमा पर्ने राहुघाट खोलामै संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविधुत आयोजना निर्माण थालेको छ । रघुगंगा गापा, ८ को सुगरथलामा बाँध निर्माणगरी ठूलोखोलाको पानीलाई ३.६ किमी लामो टनेल र १ किमी पेनस्टक पाईपबाट पानी ल्याई सोही गापाको वन्दीमा विधुत गृह बनाउँदै छ । आयोजनाले १ सय २० मिटर टनेल निर्माण पुरा गरिसकेको जनाएको छ ।
३ अर्व ५७ करोड लागत अनुमान गरिएको आयोजनाको नेपाल वैंकको नेतृत्वमा वित्तिय श्रोत परिचालन हुने जनाईएको छ ।
राहुघाट खोलामा बन्ने सवै जलविधुत आयोजनाबाट उत्पादन हुने विधुत सोही गापा, ३ पिप्लेको अम्बाङमा निर्माणाधिन १ सय ३२ केभि सवस्टेसनमा जोड्ने लक्ष्य रहेको छ ।