- Loading...
४५ देशका नागरिकहरू नेपालका कारागारमा !
- पुनहिल डट कम
- २ साल अघि
- ३८२ पटक पढिएको
नेपालका कारागारमा विश्वका ४५ देशका नागरिकहरूले कैद जीवन बिताइरहेका छन् । कारागार व्यवस्था विभागले सार्वजनिक गरेको माघ महिनाको विवरणमा विश्वका विभिन्न देशका एक हजार तीन सय ११ कैदीबन्दीहरू नेपालका विभिन्न कारागारमा छन् ।
नेपालमा ७४ वटा कारागारहरू सञ्चालनमा छन् ।केही जिल्लामा दुई वटा कारागार छन् भने केही जिल्लामा कारागार नै छैनन् । काठमाडौँ उपत्यकाको भक्तपुरमा कारागार छैन भने दाङमा दुई वटा कारागार छन् ।
७४ वटा कारागारमध्ये ५३ वटा कारागारमा विदेशी कैदीहरू उपस्थित रहेको विभागले तथ्याङ्कले देखाउँछ ।
नेपालमा रहेको विदेशी कैदीबन्दीमध्ये ८७ दशमलव २६ प्रतिशत भारतीय नागरिक छन् । नेपाल र भारतबीच आवतजावत गर्नको लागि भिसा वा पासपोर्टको आवश्यकता नपर्ने हुनाले यहाँ आपराधिक मानसिकताले भारतीय नागरिकहरू नेपाल पस्ने गरेको यो तथ्याङ्कले देखाउँछ ।
एसियाली महादेश अन्तरगत १७ देशका नागरिकहरूले नेपालमा कैद जीवन भुक्तान गरिरहेका छन् । भारतका एक हजार एक सय ४४, चीन २६, भुटान २४, पाकिस्तान २१, बङ्गलादेश ९, मलेसिया ४, थाइल्यान्ड ४, सिंगापुर २, इरान १, रसिया १, जोर्डन १, म्यानमार १, इरान १, साउदी अरब १, जापान १, फिलिपिन्स १, दक्षिण कोरियाका १ जना कारागारमा छन् ।
यस्तै नाइजेरिया ८, बोलिभिया ८, दक्षिण अफ्रिका ३, तान्जानिया २, अस्ट्रिया २, बेलारुस २, अफ्रिका २, पपुवा न्यूगिनी १, सेनेगल १, माली १, आइभरीकोष्ट १, टोंगो १ सर्विया १, जाम्बिया १ र नामेवियाका १ जना कैदीबन्दी छन् ।
नेपालका कारागारमा अमेरिका ३, फ्रान्स ५, जर्मन ४, रोमनिया ४, बेलायत ३, नेदरल्याण्ड २, क्यानडा १, डेनमार्क १, पोर्चुगल १, ब्राजिल १, भेनेजुयला १, स्पेन १ र अन्य देशका ३ जनासहित एक हजार ३११ जना विदेशी नागरिक छन् ।
कुन प्रदेशमा कति ?
प्रदेश १ का १४ जिल्लामा रहेका कारागारमध्ये धनकुटा र खोटाङबाहेक अन्य १२ जिल्लामा विदेशी कैदीबन्दीहरू रहेका छन् ।
प्रदेश १ मा रहेका २६८ कैदीबन्दी मध्ये २४५ जना भारतीय नागरिक, २२ जना भुटानी नागरिक र १ जना अमेरिकन नागरिक रहेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश १ को उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, सङ्खुवासभा र पाँचथरमा १/१ जना भारतीय कैदीबन्दी रहेका छन् भने झापामा ८५ जना भारतीय ८ भुटानी र १ अमेरिकी नागरिक छन् ।
मोरङमा ६१ भारतीय र १० भुटानी नागरिक, सुनसरीमा ८१ भारतीय र ३ भुटानी नागरिक बसेका छन् । इलाममा ९ भारतीय र १ भुटानी नागरिक हुँदा ताप्लेजुङमा २ जना भारतीय नागरिकले कैद सजाय भुक्तान गरिरहेका छन् ।
मधेश प्रदेशमा दुई पाकिस्तानी बाहेक अन्य भारतीय मात्रै
सबै जिल्ला भारतको सिमानासँग जोडिएको प्रदेश २ मा रहेका २६८ विदेशी कैदीबन्दी मध्ये २ जना पाकिस्तानी नागरिक छन् भने बाँकी रहेका २६६ जना भारतीय नागरिक हुन् ।
सबैभन्दा बढी पर्सामा १७८ कैदी छन् जसमध्ये २ जना पाकिस्तानी नागरिक हुन् भने बाँकी १७६ जना भारतीय नागरिकले कैद भुक्तान गरिरहेका छन् ।
सप्तरीमा १५, सिराहामा १४ महोत्तरीमा ४१ रौतहटमा २० जना भारतीय नागरिकहरूले कैद जीवन भुक्तान गरिरहेका छन् ।
बागमती प्रदेशमा धेरै देशका
बागमती प्रदेशमा धेरै देशका कैदीबन्दी रहेका छन् । ५१७ विदेशी कैदीबन्दी रहेको यो प्रदेशमा अन्य प्रदेशहरूमा जस्तै भारतीय कैदीबन्दीहरूको सङ्ख्या उच्च रहेको छ ।
कारागारले दिएको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा यहाँ भारतीय कैदीबन्दीको सङ्ख्या ३७९ रहेको छ । अर्को छिमेकी राष्ट्र चीनका २६ जना कैदीहरू रहेका छन् । उनीहरूमध्ये नेपालको पहिलो कारागार जगन्नाथदेवलमा १९ जना, ललितपुरमा ४ जना रसुवामा २ जना र डिल्लीबजार कारागारमा १ जना रहेका छन् ।
त्यस्तै गरी मकवानपुरमा १, जगन्नाथदेवलमा १५ र डिल्लीबजारमा २ र ललितपुरमा १ गरी १९ जना पाकिस्तानी नागरिकहरूले पनि कैदी जीवन बिताइरहेका छन् ।
यहाँ बंगलादेशी ९, नाइजेरिया ८, बोलिभिया ८, फ्रान्स ५, रोमानिया ४, मलेसिया ४, थाइल्यान्ड ४, जर्मन ३, दक्षिण अफ्रिकी ३, बेलायत ३, अफ्रिका २, तान्जानिया २, अमेरिकी २, नेदरल्याण्ड २, बेलारुस २, सिंगापुर २, क्यानेडियन १, इरान १, डेनमार्क १, पपुवा न्यूगिनी १, सेनेगल १, , माली १, रसिया १, , जोर्डन १, अष्टीया १, म्यानमार १, आइभरीकोष्ट १, टोंगो १, सर्विया १, इरान १, साउदी अरब १, जाम्बिया १, पोर्चुगल १, ब्राजिल १,जापान १, नामेविया १, फिलिपिन्स १, भेनेजुयला १, दक्षिण कोरिया १, स्पेन १, भुटानी १ र अन्य देशका ३ जना नागरिकहरूले कैद जीवन बिताइरहेका छन् ।
गण्डकी प्रदेशमा ४ देशका नागरिक
गण्डकी प्रदेशमा ४२ विदेशी कैदीबन्दी रहेका छन् । यहाँ भुटानी जर्मनी र अस्ट्रियाका १/१ जनाबाहेक बाँकी रहेका ३९ जना कैदीबन्दी भारतीय हुन् ।
३ प्रदेशमा सबै भारतीय मात्रै
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका सबै विदेशी नागरिकहरू भारतीय मात्र हुन् । लुम्बिनीमा १६१ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ५१ जना भारतीय कैदीबन्दी रहेका छन् ।
सबैभन्दा कम कर्णालीमा
कर्णाली प्रदेशमा रहेका दश वटा कारागारमध्ये २ वटा कारागारमा मात्र विदेशी कैदीबन्दीहरू रहेका छन् । माथि नै उल्लेखित गरियो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका सबै कैदीबन्दीहरू विदेशी नागरिक हुन् भनेर । कर्णाली प्रदेशको दैलेख र सुर्खेतमा २/२ जना गरी सो प्रदेशमा ४ जना मात्र कैदीबन्दीहरू रहेका छन् ।*केटिएम दैनिकबाट