FLASH NEWS
  • Loading...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि म्याग्दीका ३५ विद्यालय छनौट

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८८ पटक पढिएको
Post Thumbnail

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष म्याग्दीका ३५ विद्यालय छनोटमा परेका छन् ।

उक्त कार्यक्रमअन्तर्गग म्याग्दीमा छनोटमा परेका ती विद्यालयका लागि रु ६ करोड ३१ लाख बजेट स्वीकृत भएको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापामगरले बताए ।

इकाइ प्रमुख थापाका अनुसार बेनी नगरपालिकामा १० विद्यालयमध्ये दुई वटा चारकोठे , पाँच वटा दुईकोठे भवन निर्माणका लागि र ३ विद्यालय आइसिटी कार्यक्रमका लागि छनौट भएका हुन।

त्यसैगरि धवलागिरि गाउँपालिकामा चारकोठे, दुईकोठे भवन र आइसिटी कार्यक्रमका लागि दुई/दुई वटा विद्यालय छानिएका छन् । मालिका गाउँपालिकामा चारकोठे र दुईकोठे भवनका लागि एक/एक वटा र आइसिटीका लागि चार विद्यालय छानिएका छन । 

रघुगंगा गाउँपालिकामा दुई वटा दुई कोठे, एउटा चारकोठे भवन निर्माणका लागि र दुई वटा आइसिटीका लागि गरि पाँच विद्यालय र अन्नपूर्ण गापामा चार कोठे र दुईकोठे भवनका लागि एक/एक विद्यालय र आइसिटीका लागि दुई वटा विद्यालय छनौट भएका छन् । त्यस्तै मंगला गापामा चार कोठे भवनका लागि दुई वटा, दुईकोठे भवनका लागि एक वटा र आइसिटी स्थापना गर्न एक वटा विद्यालय छानिएको छ ।