- Loading...
महाविर पुन ‘गण्डकी रत्न’बाट विभुषित
- पुनहिल डट कम
- ३ साल अघि
- ६३३ पटक पढिएको

शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान प्रविधी र समाजसेवामा अतुलनीय योगदान पुर्याएवापत महाविर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’बाट घोषणा गरेको छ ।
‘गण्डकी प्रदेश’ स्थापनाको चौंथो वार्षिकोत्सवको अवसरमा आज फागुन ४ गते पुनलाइ विभुषित गरिएकाे हाे । गण्डकी प्रदेशका वरिष्ठ मन्त्रीको संयोजकत्वमा अर्थ र आन्तरिक मामिलामन्त्री, प्रमुख सचिव र आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहेको सिफारिस समितिले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट घोषणा गर्न शिफारिस गरेको थियो ।
गण्डकी रत्नबाट विभुषित महाविर पुन म्याग्दीको दुर्गम वस्तीमा कम्प्युटर शिक्षा सम्बन्धी साक्षरता अभियान चलाएका, नेपालका दुर्गम वस्तीमा वेतारे इन्टरनेट प्रविधीको विकास गरेका, गण्डकी प्रदेशमा पर्यावरणीय पर्यटन प्रर्वद्धनमा योगदान दिएका र हाल राष्ट्रिय आविस्कार केन्द्र मार्फत विज्ञान प्रविधीको विकास र विस्तारमा जुटेका छन ।
प्रदेशको विकासमा योगदान पुर्याउने विशिष्ठ ब्यक्तिलाई सम्मान गरिने यो विभुषण गण्डकी प्रदेशको सर्वाधिक ठूलो सम्मान हो । प्रदेश सरकारले यसै वर्षदेखी प्रदेशका ३ जनालाई बर्षेनी गण्डकी रत्नले विभुषित गर्न थालेको हो । सोमबारको मन्त्रीपरिषदको वैठकबाट ‘विशिष्ठ ब्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधी २०७८’ स्वीकृत गरेको थियो ।
विभुषित ब्यक्तित्वलाई प्रदेशको सार्वजनिक सभा, समारोहमा प्रदेश साँसदसरहको मान्तता दिने, प्रदेश अस्पतालमा नि:शुल्क सुविधा दिने, संरक्षणविहीन भएका प्रदेश सरकारले संरक्षकत्व दिने, सार्वजनिक सेवालाई प्राथमिकता र प्रदेश भित्रका विमानस्थलमा अति विशिष्ठ कक्ष प्रयोग गर्न सुविधा दिईने कार्यविधीमा ब्यवस्था छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
