- Loading...
खोप किनेर लगाएँ भन्दै स्वास्थ्यमन्त्री खतिवडाले ढाँटे : एमाले
- पुनहिल डट कम
- ३ साल अघि
- २५७ पटक पढिएको

नेकपा एमालेले स्वास्थ्य मन्त्री विरोध खतिवडाले पहिलो डोज खोप किनेर लगाएको भन्दै टेलिभिजनमा दिएको अन्तरवार्ता झुटो भएको बताएको छ । उसले सार्वजनिक सञ्चारमाध्यममा झुटो कुरा गर्ने मन्त्री खतिवडाले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेको छ ।
पार्टीका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ती जारी गर्दै केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद सदस्यहरुलाई सिभिल अस्पतालमा निशुल्क खोप उपलव्ध गराएको र मन्त्री खतिवडाले त्यसबेला सिभिल अस्पतालको रजिष्टर ख को क्रशं ४८ मा नाम दर्ता गरी खोप लगाएको उल्लेख छ ।
विज्ञप्तीमा ६२ वर्षका खतिवडाले पहिलो डोज व्याच नं ४१२०जेड ००४ को कोभिसिल्ड खोप लगाएको उल्लेख छ ।
मन्त्री खतिवडाले केही दिन अघि सगरमाथा टेलिभिजन र प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा पूर्ववर्ती सरकारले खोप व्यवस्थापन नगरेको आरोप लगाउने क्रममा आफूले कोभिडविरुद्धको खोप ५ हजार रुपैयाँ तिरेर लगाएको बताएका थिए ।
विज्ञप्तीमा मन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिएर कोभिड जस्तो संवेदनशील विषयमा अफभाह सिर्जना गरेको भन्दै निन्दा गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
