- Loading...
कामदारदेखी मालिकसम्म–२
- पुनहिल डट कम
- ३ साल अघि
- ३८० पटक पढिएको

आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउँछ । सपना देख्नेहरु कहिल्यै थाक्दैनन, निरन्तर कर्म गरिरहन्छन । तिनै भुईमान्छे मध्य एक हुन, राजन लामा ।
भाँडा धुने मजदुरका रुपमा अाएका लामा म्याग्दीमा आ–आफ्नो क्षेत्रका कहलियका होटल ब्यवसायी बनेका छन । म्याग्दी सदरमुकाम बेनीमा मासिक एक लाख ७० हजार भाडा तिरेर ‘लामा रेष्टुरेन्ट एण्ड भान्सा घर’ र छुट्टै ‘लामा कुदाप लज एण्ड रेष्टुरेन्ट’ संञ्चालन गर्ने राजन लामाको होटल रेष्टुरेन्टमा नेपाली, इण्डियन र कन्टिनेन्टल खानाकालागी लोकप्रिय छ ।
लजमा ३० जना पाहुना बास बस्न सक्छन । ३० जनाले एक साथ खाना सक्छन । रेष्टुरेन्टमा ७० जनाले एकसाथ खाना/खाजा खान सक्छन । होटल र रेष्टुरेन्ट पनि फरक र आर्कषक शैलीमा सजाएका छन । ग्राहकले शान्त वातावरण र फरक लुक्स पाउँछन । घडेरी खरिद गरिसके अर्को होटल पनि थप्ने तयारीमा छन, राजन । होटल मजदुरको रुपमा १६ बर्ष अघि ०६२ सालमा राजन बेनी भित्रिएका हुन । अहिले उनी मजदुरबाट सफल होटल ब्यवसायी बन्न सफल भएका छन ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, ३ मझुवाका राजन लामा घरको आर्थिक अवस्था कमजोर भएपछि कक्षा ८ पढ्दै घरबाट भागेर काठमाण्डौ झरेका थिए । काठमाण्डौमा एक बर्ष होटलमा भाँडा धोएपछि अझ राम्रो कामको खोजीमा ०५९ जेठ १५ गते काठमाण्डौबाट बाग्लुङ हानिए । बाग्लुङमा तीन वर्ष भाँडाधुने, खाना पकाउने र होटल सरसफाई गर्ने मजदुरी गरे । त्यसपछि ०६२ असारमा बाग्लुङबाट बेनी पुगे । र बेनी स्थित होटल डल्फिनमा मजदुरी सुरु गरे । होटलमा पनि भाँडा माझ्ने, कोठा सफा गर्ने, खाना पकाउने सवै काम गर्थे । होटल संञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी श्रेष्ठले लामाको काम र मेहिनतबाट प्रभावित थिए ।
यही होटल डल्फिन नै लामाको जीवनमा टनिङ पोईन्ट बन्यो । श्रेष्ठ दम्पत्तिले लामालाई विहान–बेलुका होटलको काम हेर्नेगरी नजिकको प्रकाश माध्यामिक विद्यालयमा भर्ना गरिदिए । त्यहींबाट एसएलसी र कक्षा ब्यवस्थापन विषयमा १२ सम्मको अध्ययन पुरा गरे । लामाले यही होटल डल्फिनमा काम गर्दै सारिका थापा मगरसँग प्रेमपछि विवाह गरे । डल्फिन हाेटलले लामाकाे धुमधामसँग विवाह गरिदियो ।
लामाले होटल डल्फिनमा मजदुरी मात्र गरेनन, सफल हुन काममा सर्मपण हुनु पर्छ भन्ने बुझे । भान्सा ब्यवस्थापन, अतिथि सत्कार र कर्मचारी ब्यवस्थापनको सीप आर्जे । १६ बर्ष अघि होटल मजदुरको रुपमा बेनी भित्रिउका राजन अहिले आधुनिक होटल र रेष्टुरेन्टका सफल ब्यवसायी बनेका छन । कुनै काम सानो वा ठूलो हुँदैन भन्ने बुझेका राजनले अहिले कर्मको फल टिपिरहेका छन । ब्यवसाय राम्रो चलेको छ । कमाई राम्रै छ ।
‘डल्फिन होटल र नानुकुमारी श्रेष्ठले कर्मसँगै भाग्य दिनु भयो । त्यहाँ मैले पाहुनाको सत्कार गर्न सिकें । निरन्तर लगनशिल, इमान्दारी र धर्य भै कर्म गर्न सिकायो’ राजन लामाले भने, ‘जीवनमा प्रगति गर्न शिक्षा चाहिन्छ । अझ पढेर भन्दा परेर सिकिने रहेछ । सिक्ने इच्छाशक्ति र लगनशिलता आवशयक रहेछ ।’ लामाले थपे, ‘ब्यवसायमा निरन्तर खटन नै महत्वपूर्ण छ । काम ठूलो सानो हुँदैन । ठुलो नाक गरेर ब्यवसाय चल्दैन ।’
जीवन संघर्षलाई नजिकबाट चिनेका राजन म्याग्दीमा मिहिनत गरे कुनै पनि ब्यवसायमा सफल भइन्छ भन्ने राम्रो प्रेरणाका श्रोत बनेका छन । यहाँका सञ्चार माध्यमहरुमा विज्ञापन बज्छन, छापिन्छन, ‘स्वदेशमै केही गर्छु भन्ने लाग्छ भने एक पटक लामा रेष्टुरेन्ट हेर्न र राजनलाई भेट ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
