आज:  | Fri, 01, Jul, 2022

माओवादी केन्द्र म्याग्दीकाे कार्यालय भवनको शिलान्यास

१ फाल्गुन २०७८, आईतवार १७:२२ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

जनयुद्धकालमा हिन्दुधर्मलाइ अफिम भन्दै धार्मिक ग्रन्ध जलाउने, पण्डीतहरूलाइ गाइकाे मासु खुवाउने गरेकाे म्याग्दी माअाेवादीले अाइतवार भने हिन्दु धार्मिक परम्परा अनुसार सहिद स्मृति भवनकाे नाममा पार्टी कार्यालय भवन शिलन्यास गरेकाे छ । 

बेनी नगरपालिका ७ स्थित महारानीथानमा सहिद मदन स्मृति भवन नामाकरण गरिएको भवनको आइतवार शिलान्यास गरिएको हो । जनयुद्धमा ज्यान गुमाएका मदन केसीका आमा केसीले भवनको शिलान्यास गरेकी हुन । यस अघी म्याग्दीमा एमाले र काँग्रेसले अा-अाफ्ना पार्टी कार्यालय बनाइ सकेका छन ।

माअाेवादी केन्द्रले पार्टीका नेता तथा कार्यकर्ताहरु र शुभेच्छुकहरुबाट आर्थिक संकलन गरि भवन निर्माण गर्न लागेकाे बताएकाे छ । भवन तीन महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

पार्टी कार्यालय भवन बनाउन ३४ लाख लागतमा जग्गा खरिद गरिएकाे र दुई तलाको  भवन निर्माणको लागि ४० लाख लागत अनुमान गरिएको छ । भवन निर्माण गर्न गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकाे ३५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । जनयुद्धमा ज्यान गुमाएका सहित मदन सांसद केसीका दाजु हुन ।