- Loading...
चितवनमा बर्डफ्लू संक्रमण पुष्टि
- पुनहिल डट कम
- ३ साल अघि
- ५३७ पटक पढिएको

चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ । फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि कुखुराको नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो ।
फर्मको कुखुरा मर्न थालेपछि २५ माघमा नमुना संकलन गरी काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन् ।
बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको प्रजिअ तामाङले बताए ।
फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र पर्मको वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका छन् । उक्त फर्म स्थानीय किसान सोमनाथ चौधरीको हो ।
फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन समय कुखुरा रोगका कारण मरिसकेको चौधरीले बताएका छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
