- Loading...
बाटाे छेक्याे हिउँले, पन्छ्याउँदै गाउँपालिका
- पुनहिल डट कम
- ३ साल अघि
- ३६८ पटक पढिएको

घर फर्कन हिउँले बाटाे छेकेपछि हिमालपारीकाे मुस्ताङका लोघेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकाले डोजर लगाएर सडकमा जमेको हिउँ पन्छ्याउँदै सडक खोल्न थालेका छन ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले तल कालीगण्डकी नदी किनारमा रहेको वारागुङ मुक्तिक्षेत्र गापाको छुक्साङदेखी माथी लोमन्थाङ गापाको सीमा चराङसम्मको करिव ५० किलोमिटर सडक खण्डमा थुप्रिएको हिउँ पन्छ्याएर यातायात सुचारु गर्न थालेको हो ।
लाग्दो कात्तिक देखी नै वेंशी झरेकाहरु लाग्दो फागुनपछि घर फर्कने भएकोले पालिकाले विपत ब्यवस्थापन कोषको बजेटबाट सडक सफा गर्न लागेको जनाएको छ । जोमसोमदेखी छुक्साङसम्मको सडक भने यातायात ब्यवसायी र वारागुङ मुक्तिक्षेत्रमा पर्ने सडक भने गापाले सफा गरेका छन । बेनी–जोमसोम सडक अन्र्तगत घाँसा–लेते खण्डको हिउँ निर्माण ब्यवसायीले र जोमसोम–मुक्तिनाथ सडक सेनाले सफा गरी यातायात खोलेका हुन ।
चिसो बढेसँगै गत कात्तिकमा पोखरा, काठमाण्डौ झरेका घुम्ती विद्यालय, गुम्बाहरु फागुनपछि उपल्लो मुस्ताङ फर्केर खुल्ने र तल्लो क्षेत्रमा झरेका प्रहरी समेतका सरकारी कार्यालयहरु पनि आ–आफ्नो स्थानमा पुन:स्थापित हुन्छन । हिमपात सुरु भएदेखी नै उपल्लो मुस्ताङमा यातायात संञ्चालन अवरुद्ध छ । वर्षेनी हिमपातको समयमा डोजर लगाई सडक पन्छ्याएर यातायात सुचारु गरी वेंशी झरेका उपल्लो मुस्ताङ्गी घर फर्काउनु पर्ने अनिवार्य बाध्यता हो ।
‘फागुनपछि जाडो छल्न वेंशी झरेका उपल्लो भेगका मुस्ताङवासी घर फर्कने वेला भयो । फागुनबाट वैशाखसम्म सवै घुम्ती ब्यापारमा गएकाहरु घर फर्कि सक्ने भएकोले डोजर लगाएर सडक सफागरी यातायात संञ्चालन गर्न लागेका हौं’ लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल (राजु) विष्टले भने, ‘आ–आफ्नो पालिका भित्रको सडक सफा गरेका हौं । सडकको हिउँ पन्छ्याएपछि मुस्ताङ्गी घर फर्कन मात्र होईन, सुरक्षाकर्मी समेत कर्मचारी र कोरोला नाका र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटककालागी पनि सहज हुने छ ।’
पालिकाले प्रति घन्टा ४ हजार ५ सय रुपैयाँमा डोजर भाडामा लिएर सडक सफा गर्न लागेको हो । डोजर चालक गाउँमा नपाईएपछि पोखराबाट गाडीमा कागवेनीसम्म र त्यसपछि घोडा र पैदलगरी चार दिनमा अपरेटर चराङ पुऱ्याईएको थियो । शुक्रवारसम्म सडक सफागरी यातायात संञ्चालन योग्य बनाईने र शनिवारदेखी चराङसम्म सवारी संञ्चालन हुने गाउँपालिकाले आफ्नो फेसवुक पेजमा उल्लेख गरेको छ ।
त्यसैगरी चराङदेखी कोरोला नाका नजिकको वस्ती छोसेरसम्मका करिव ५५ किलोमिटर सडकमा जमेको हिउँ लोमन्थाङ गाउँपालिकाले पन्छ्याउने तयारी गरेको छ । यस अघि पुस २६ गते लोमन्थाङले एक पटक सडक सफागरी यातायात संञ्चालन गरेकोमा गत माघ २० गते पुन: परेको बाक्लो हिमपातले सडकमा यातायात अवरुद्ध छ ।
* तस्वीर ः लोघेकर दामोदरकुण्ड गाउँपालिकाकाे फेसवुकबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
