- Loading...
हिउँ पर्न रोकियो, सुरु भो सास्ती
- पुनहिल डट कम
- ३ साल अघि
- ३०३ पटक पढिएको

यतिवेला नेपाली समाचार मुलक मिडिया तथा सामाजिक संञ्जालभरी हिउँसँग रमाउनेहरु फोटा, भिडियोहरुले भरिएका छन । हिमपातले सवै मान्छे रमाईरहेको देखिन्छ । तर दैनिक जीवनमा हिमपात भोग्नेहरुलाई भने पीडा र सास्ती भने छुट्टै छ ।
कसैकालागी रमाईलो लग्ने हिउँ हिमाली ग्रामिण क्षेत्रका गृहणी, गोठाला र कृषकलागी हिमपात भन्दा त्यसपछिको चिसो सिरेटो र जाडोलाई भोग्नै पर्ने अनिवार्य बाध्यता हो । बाक्लो हिमपात हुँदा चौरी, भेडाबाख्रा मात्र होईन कहिलेकाही गोठाला नै हिउँमा पुरिएर ज्यान गुमाउँछन ।
क्षकसैलाई हिमपात हुादा रमाईलो लाग्ने, लेकाली भुगोलमा बस्ने हाम्रालागी हिमपात पछिको भोगाई भने अभिसाप नै हुन्छÕ अन्नपूर्ण गाउापालिका, ८ नागीकी राममाया पुनले भनिन, क्षगृहणीलाई जाडो लाग्यो भनेर भन्टा»भुन्टु»लाई भोकै सुताउन नमिल्ने, गोठालो आज भोकै सुत्छु भनेर गाईवस्तुलाई नहुने । पुनले थपिन, हिउँ पर्दा के जाडो हुन्छ र ? हिउँ रोकिएपछि चल्ने मुटी नै छुने चिसो सिरेटो र ज्यान नै जम्ला जस्तो जाडो भोग्नेलाई थाहा हुन्छ ।
हिमपात र झरी रोकिएको छ । दिनभर हिउँमा रमाउनेहरु चिसो फाल्न तातो सुप र तीनपाने तिर लागेको छन । तर कृषकको दैनिकीमा भने सास्ती सुरु भएको छ । घुँडासम्म आउने हिउामा डुबेर धाराबाट पानी बोक्नु पर्ने, चिसो हात नै जम्ला जस्तो चिसो पानीले दैलो पोत्नु पर्ने र जुठाभााडा माझ्नु पर्ने गृहणीहरु, रुखको छेल पारेर हिउँकै विस्तारा लगाएर घुम (बाख्राको उनबाट बुनेको ओढ्ने) ओढेर खुल्ला आकाशमुनी दैनिकी गुजार्ने भेडा गोठालाहरु, हिउँमा डुब्दै गाइवस्तुलाई घाँसापात गर्ने, भकारो सोहोर्दै गरेका पशुपालक कृषककालागी हिउँले सवैभन्दाबढी कष्ट थप्छ ।
क्षतल्लो क्षेत्रमा बस्नेकालागी रमाईलो लाग्ने हिउँ हामी माथिल्लो भुगोलमा बस्नेकालागी अभिसाप भैदिन्छ । कता हिउँले थिचेर गोठाला मर्लान भन्ने डर भैरहन्छ Õ धवलागिरी गाउापालिका अध्यक्ष थमसरा पुनले फेसवुक स्टाटस लेख्दै भनेकी छिन, हिउँ पर्न रोकिएपनि आकाश आध्यारो छ, फेरी पर्ला झै छ । भो अव त पुग्यो ।Õ
हिमपातहुँदा जनजिवन कष्टकर बनेको छ । मान्छेलाई भन्दाबढी सास्ती घरपालुवा जनावरलाई भएको छ । वन्यजन्तु प्राकृतिक रुपमै अभ्यस्त छन, घरपालुवा जनावरलाई बढी सास्ती हुन्छ । अझ आगो नफुक्ने गोठमा रहेका गाईवस्तुलाई कष्ट हुन्छ ।
क्षफोटोमा हिउँ देख्नेलाई मज्जा, भोग्नेलाई सास्तीÕ अन्नपूर्ण गाउापालिका, ७ हिस्तानस्थित टिकोट माविका प्रध्यानअध्यापक प्रदीप पुनले भने, क्षबुढाबुढी, विरामी, केटाकेटी र डि»्गालाई (गाइवस्तु)लाई त हिमपात साजाय नै हुन्छ ।Õ

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
