- Loading...
धवलागिरीका पुराना पत्रकार खड्काको निधन
- पुनहिल डट कम
- ३ साल अघि
- ३४० पटक पढिएको

धवलागिरी क्षेत्रका अग्रज तथा स्थापित पत्रकार विदुर खड्का अव रहेनन । नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक तथा बागलुङका पत्रकार विदुर खड्काको बुधवार विहान निधन भएको छ ।
मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका उनको मंगलबार बिहान ७९ वर्षको उमेरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०२२ सालमा गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता थालेका खड्काले २०२८ सालमा बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका प्रशासन गरेका थिए । उक्त पत्रिकालाई २०५८ सालमा दैनिक बनाइएको थियो । २०६३ सम्म दैनिक चलाएपछि धौलाश्री अनलाइन हालसम्म प्रकाशनमा छ । खड्का धौलाश्री अनलाइनका प्रधानसम्पादकसमेत हुन् ।
राजाको प्रत्यक्ष शासनकालमा उनी एकपटक मनोनित बागलुङ नगरप्रमुख भएका थिए । सोही समयमा भएको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुखमा निर्विरोध निर्वाचित समेत भएका थिए ।
खड्काले दर्जनौँ देश र धौलागिरि क्षेत्रका सबै क्षेत्रमा पुगेर पत्रकारिता गरेका थिए । उनले पुँवार खड्काको इतिहास नामक पुस्तकसमेत लेखेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
