FLASH NEWS
  • Loading...

धवलागिरीका पुराना पत्रकार ‍खड्काको निधन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६२ पटक पढिएको
धवलागिरीका पुराना पत्रकार ‍खड्काको निधन

धवलागिरी क्षेत्रका अग्रज तथा स्थापित पत्रकार विदुर खड्का अव रहेनन । नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक तथा बागलुङका पत्रकार विदुर खड्काको बुधवार विहान निधन भएको छ ।

मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका उनको मंगलबार बिहान ७९ वर्षको उमेरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०२२ सालमा गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता थालेका खड्काले २०२८ सालमा बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका प्रशासन गरेका थिए । उक्त पत्रिकालाई २०५८ सालमा दैनिक बनाइएको थियो । २०६३ सम्म दैनिक चलाएपछि धौलाश्री अनलाइन हालसम्म प्रकाशनमा छ । खड्का धौलाश्री अनलाइनका प्रधानसम्पादकसमेत हुन् ।

 

राजाको प्रत्यक्ष शासनकालमा उनी एकपटक मनोनित बागलुङ नगरप्रमुख भएका थिए । सोही समयमा भएको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुखमा निर्विरोध निर्वाचित समेत भएका थिए ।

खड्काले दर्जनौँ देश र धौलागिरि क्षेत्रका सबै क्षेत्रमा पुगेर पत्रकारिता गरेका थिए । उनले पुँवार खड्काको इतिहास नामक पुस्तकसमेत लेखेका छन् ।