FLASH NEWS
  • Loading...

विरेन्द्रचाेकमा पिपलरूखबाट खसेर मजदुरकाे मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११२ पटक पढिएको
विरेन्द्रचाेकमा पिपलरूखबाट खसेर मजदुरकाे मृत्यु

बेनी नगरपालिका, ७ विरेन्द्रचोक स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको पिपल रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर मजदुरको मृत्यु भएको छ ।
रुखबाट ढुङ्गा विच्छाएको चौतारीमाथी खसेर गम्भीर घाईते मालिका गाउँपालिका, २ रुम घर भै पर्वतको जलजला गाउँपालिका, ३ वारीवेनी बस्ने थानबहादुर पुन (४२)को वेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विरेन्द्रचोक टोल सुधार समितिको आग्रहमा वन कार्यालयको सहमतिमा बेनी नगरपालिकाले जोखिमयुक्त काम गराउँदा मजदुर सुरक्षा उपकरण प्रयोग नगरी पिपलको रुखको हाँगा काटेको थियो ।
‘घट्नाको थप अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी प्रमुख श्याम राईले भने, ‘रुखमा चढेर जोखिमयुक्त काम गर्दा कुनै सुरक्षा उपकरण प्रयोग गरेको देखिएको छैन ।’