FLASH NEWS
  • Loading...

बेनी–दरवाङ सडक स्तरोन्नति धमाधम

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३० पटक पढिएको
बेनी–दरवाङ सडक स्तरोन्नति धमाधम

|;8s lj:tf/ ltj| M DofUbL ;b/d'sd a]gLb]vL klZrd hfg] a]gL–b/jfª ;8ssf] ;'? v08df ;8sdf l/6]lgªjfn / gfnLsf] sfd ub}{ dhb'/x? . t:jL/ M 3gZofd v8sf, sflGtk'/

सदरमुकाम बेनीबजारदेखि पश्चिम जाने बेनी–दरवाङ २४ किलोमिटर सडकको स्तरोन्नति गर्ने काम ठेक्का सम्झौताको म्याद सकिएपछि मात्रै धमाधम सुरु भएको छ ।

मंगला, मालिका र धवलागिरि गाउँपालिका र पश्चिम बागलुङको बुर्तिवाङ र ढोरपाटन क्षेत्र जोड्ने बेनी–दरवाङ २४ किमि सडक पनि ३ प्याकेज बनाई ठेक्का लगाइएको छ । तीनवटा प्याकेज मध्ये सुरु खण्ड बेनी–सिमसम्मको १२.५ किलोमिटरमा कालोपत्रको काम सुरु भएको हो ।

लामा–समानन्तर जेभी कम्पनीले ८ मिटर चौडा सडक बनाई नालीबाहेक ७ मिटरमा बीडीएसडी पिच गर्न ०७४ असोज ४ गते ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का सम्झौता गरेको थियो । अधकल्चो बनाई लामो समय काममा नफर्केपछि स्थानीयले चोकचोकमा ठेकदारको फोटोमा मोसो दलेर टाँसेर विरोध गरेपछि ठेक्का सम्झौता पाएको लामा–समानन्तर जेभी बल्ल काममा फर्केको थियो । कम्पनीले चौथोपटक थप भएको म्याद गुज्रेपछि काम थालेको हो । बेनी–सिम पहिलो खण्डमा सडक विस्तार गर्ने, रिटेनिङ वाल लगाउने, नाली बनाउने, साना खोल्सीमा कल्भर्ट बनाउने र काम सकिएको क्षेत्रमा कालोपत्र गर्न सव वेस तथा बेस बिछ्याउने काम गरिरहेको छ ।

‘सडक विस्तारको प्रायः काम सकिएको छ । रिटेनिङ वाल, नाली र कल्भर्टको काम भइरहेको छ । काम सकिएको ठाउँमा कालोपत्र गर्न वेस बिछ्याउने र पेल्ने काम गरिरहेका छौं’ ठेकेदार कम्पनीका व्यवस्थापक राकेश सदाले भने, ‘सडक कालोपत्र सुरु गर्न तापक्रमका लागि अनुकूल मौसम पर्खेर बसेका छौं । जेठभित्र काम सक्छौं ।’

साविक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुसमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो । जिल्लाका सडकको नियमन र सुपरिवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ । पूर्वाधार विकास कार्यालय बेनीका अनुसार भौतिक प्रगति करिब ६० प्रतिशत मात्र छ । त्यसैगरी बेनी–दरवाङ सडकअन्तर्गतकै दोस्रो खण्ड सिम–लाम्पाटा ४ किलोमिटर खण्डमा पनि बल्ल ठेकदार परिचालन भएका छन् । ओम बुद्ध निर्माण सेवा काठमाडौंले १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

त्यस्तै बेनी–दरवाङ सडकको तेस्रो खण्डअन्तर्गत लाम्पाटा–दरवाङ ८ किमि सडक कालोपत्रे गर्न ठेक्का पाएको बिरुवा–क्याराभान जेभी पनि काममा फर्केर सडक विस्तार, रिटेनिङ वाल निर्माण र नाली बनाउन थालेको छ । २२ करोड ५७ लाख रुपैयाँमा ०७६ जेठ ३१ मा ठेक्का लागेको यो सडक कालोपत्र सक्नुपर्ने म्याद गुज्रेको पनि १८ महिना पुगेको छ । पूर्वाधार कार्यालयका अनुसार यस सडकमा अहिलेसम्म करिब ४० प्रतिशत काम भएको छ ।

‘निर्माण व्यवसायीको फोटो राखेर स्थानीय विरोधमा उत्रेपछि ठेकेदारलाई काममा फर्काउनु वा कारबाही गर्नु हाम्रो चुनौती थियो । धेरै प्रयासपछि अलपत्र परेका बेनी–दरवाङ सडकका तीन वटै प्याकेजमा ठेकेदार परिचालन भएका छन्,’ पूर्वाधार कार्यालयका प्रमुख सन्तोष अर्यालले भने, ‘बेनी–दरवाङ सडक निर्माण कार्यालयको प्रतिष्ठासँग पनि जोडेर चर्चा गर्न थालिएकोले हामी प्रेसरमा छौं, ठेकेदारलाई सोहीअनुसार प्रेसर पनि गरिरहेका छौं ।’

त्यसैगरी गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडकअन्तर्गत रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती–वेगसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का लिएको एपेक्स–खड्का कृष्ण जेभी पनि काममा फर्केको छ । नालीसहित ८ मिटर चौडा कालोपत्र तहमा स्तरवृद्धि गर्न लागिएको यो सडक भ्याटबाहेक १८ करोड ४१ लाख ८ सय ३८ रुपैयाँमा ठेक्का लिएको हो । सडकको पहिलो चेनेजअन्तर्गत गलेश्वर–बगैंचासम्मको तीन किलोमिटर सडक गत बर्खाको पहिरोले क्षतविक्षत बनाएकाले गत वर्ष सम्पन्न भएको कामको बिल स्वीकृत गर्ने र पहिरोग्रस्त खण्डबाहेक सडक कालोपत्र गर्ने गरी ठेकेदार काममा फर्केको नियामक पूर्वाधार कार्यालयले जनाएको छ । @घनश्याम खड्का, कान्तिपुर ।