FLASH NEWS
  • Loading...

फागुन १ देखि १८ वर्ष माथिकालाई ‘बुस्टर डोज’ दिइने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२६ पटक पढिएको
फागुन १ देखि १८ वर्ष माथिकालाई ‘बुस्टर डोज’ दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १ देखि १८ वर्ष पुगेका सबै व्यक्तिलाई ‘बुस्टर डोज’ खोप दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले १८ वर्ष नाघेका व्यक्तिलाई बुस्टर डोज खोप दिइने जानकारी दिएका हुन् ।

आफूले गरेका कामहरुको विवरण सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘माघ २७ गते बसेको खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष उमेर पुगेका सबै बुस्टर डोज लगाउन योग्य भएका अर्थात् दोस्रो खोप लिएको ६ महिना नाघेका सबैलाईनै बुस्टर डोज निर्णय गरेको हो।’ उनले खोप अभियान निरन्तर र नियमित सञ्चालन हुने बताए।

उनले भने, ‘खोप, खोप, खोपलाई मूर्त रुप दिन सम्पूर्ण संयन्त्र परिचालीत गरेका छौं। १२ देखि १७ वर्ष उमेर समुहका करिब ३४ लाख नागरिकलाई खोप दिने कार्य गत पुस ४ देखि सुरु गरेका छौं। त्यसमध्ये ८४ प्रतिशतलाई पहिलो मात्रा ३८ प्रतिशतले दोस्रो मात्रा लगाए। सबै गर्भवती महिलालाई खोप दिने नीति अवलम्बन गरेका छौं।