FLASH NEWS
  • Loading...

प्रहरीकाे असावधानीले पक्राउ परेका आरोपी भाग्न सफल भएका थिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०४ पटक पढिएको
प्रहरीकाे असावधानीले पक्राउ परेका आरोपी भाग्न सफल भएका थिए

अपराध अनुसन्धान र दसी प्रमाणलाइ सुरक्षित राख्न दक्ष हुनु पर्नेमा  मानव वेचविखन मुद्धाका आरोपी पक्राउ गर्न गएको प्रहरीले पूर्ण सावधानी र सचेत नहुँदा पक्राउ परेका आरोपी प्रहरी नियन्त्रणपछि फरार भएका छन ।
प्रहरीको मानव वेचविखन ब्युरोको निर्देशनमा गत माघ ४ गते साँझ बेनी नगरपालिका, ३ भकिम्लीको ठोठ्नेरीबाट सादा पोसाकमा गएका प्रहरीले एउटा मानव वेचविखन सम्बन्धी घट्नामा संलग्न भएको आरोपमा जसबहादुर श्रीष मगर, श्रीमति पार्वती चन्दलाई पक्राउ गरी सदरमुकाम ल्याउँदैथियो । बाबुआामासंगै आएकी थिईन, छोरी रेखा चन्द (२१)। प्रहरीलाई छक्काउँदै गुडीरहेको जीपबाट जसबहादुर भागे ।
आरोपीमध्यकी पार्वती चन्दलाई प्रहरीको मानव वेचविखन ब्युरोको टोलीले अनुसन्धानकालागी राजधानी लगेको छ । छोरी रेखालाई भने प्रहरीलाई दुब्यवहार गरेको आरोपमा जिल्ला अदालतको आदेशले पूर्पक्षकालागी कारागार कार्यालय म्याग्दी पठाईएको छ ।
प्रहरी नियन्त्रणबाटै गम्भीर अपराधका आरोपी सजिलै भागेपछि प्रहरीको कार्यक्षमतामा प्रश्न उठेको छ । जिल्ला प्रहरीले कार्यालयले पक्राउ परेका आरोपी भागेपछि पक्राउ गर्न गएका एक जना असईसमेत तीन जना प्रहरीमाथी कार्वाही थालेको जनाएको छ ।
प्रहरी नियन्त्रणबाट यसरी भागे मानववेचविखनका आरोपी मगर
गत माघ ४ गते प्रहरीको केन्द्रीय मानव वेचविखन ब्युरोले जिल्ला प्रहरी कार्यालयमा फोन गरी बेनी नगरपालिका, ३ भकिम्ली स्थित आफ्नै घरमा रहेका जसबहादुर श्रीष मगर, श्रीमति पार्वती चन्दलाई तुरुन्त पक्राउ गर्न आदेश गरेको थियो । सोही आदेश अनुसार मुद्धा फाँटका नाम नखुलाईएका असईको नेतृत्वमा तीन जना प्रहरी सादा पोसाकमा दुई वटा मोटरसाईकल लिएर गएको थियो । मोटरसाईकल पुग्ने स्थानमा राखेर प्रहरीहरु हिंडेरै आरोपीको घर पुगे । जसबहादुर र पार्वतीलाई प्रहरी कार्यालयमा जानु पर्ने भयो जाऔं भनी लिएर हिंडे । दुई वटा मोटरसाईकलमा तीन जना आरोपी राख्न नमिलेपछि प्रहरीले वडाध्यक्ष पदम पुनको संयोजनमा स्थानीयको जीप भाडामा लिए । जीपको पछाडी आरोपीहरुलाई मात्र राखेर असइ जीपको अगाडी क्याविनमा चालकसँग वसे । दुई जना प्रहरीहरु भने जाँदा लगेको मोटरसाईकल लिन पार्किङ गरेको ठाउँ तिर लागे ।
जिल्ला प्रहरीका अनुसार आरोपित जसबहादुरले विरामी छु भनेकोले हथकडी लगाईएको थिएन । सामान्य ब्यवहार गरिएको थियो । गाडी बेनी तर्फ हिंडेको केही वेरमै जंगलको छेउमा पुगेपछि जसबहादुरले जीपको पछाडी तोडफोड गर्न थाले । चालकले गाडी राके । त्यही मेसोमा जसबहादुर गाडीबाट पछाडी फाल हालेर सजिलै भाग्न सफल भए । यहींनेर प्रहरीले सजगता अपनाउन चुकेकाे देखिन्छ ।
मानव वेचविखन जस्तो गम्भीर अपराधका अपाराधीहरु पक्राउ गर्न जाँदा प्रहरीले कम्तीमा मोटर पुग्ने स्थलसम्म पनि गाडी नलग्नु, आरोपितलाई हथ्कडी समेत नलगाई गाडीको पछाडी छोडेर प्रहरी अन्यत्र जानुलाई प्रहरीले अपराध अनुसनधानमा गर्न गम्भीर त्रुटी मानिएको छ ।
‘प्रहरीको केन्द्रीय मानव वेचविखन ब्युरोले पक्राउ गर्न गएको टोलीसँग सोझै डिल गरेको थियो । आरोपी पक्राउ परेपछि हामीले जिल्लाबाट गाडी लिन पठाउन खोजेका थियौं । घट्नास्थलमा खटिएको टोलीले गाडी ब्यवस्था गरी लिएर आउँदै गरेको जनाएको थियो’ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘हामीले अप्रेसनलाई सामान्य तरिकाले डिल गऱ्यौं । यसैको लाभ उठाएर अपाराधी उम्कने परिस्थिती बन्यो । एउटा अपराधी उम्केपनि अर्को एक जना पक्राउ परेकी छिन । फरार अपराधीको पनि खोजी भैरहेको छ । उम्किन दिंदैनौं ।’
के हो घट्ना ?
साविक भकिम्ली गाविस,३ ठोट्नेरीका लक्ष्मण क्षेत्रीले ०६१ जेठ ७ गते भकिम्ली घर भै सिङ्गा सुर्केमेलाकी एक युवतीसँग विवाह गरे । विवाह गर्दा क्षेत्री दम्पत्तिको उमेर केटी १४ र केटा १६ बर्षका थिए । विवाह गरेको एक वर्षमा उनीहरुको छोरा जन्मियो । विवाहपछि लक्ष्मण कामको खोजीमा भारतको दिल्ली पुगे । त्यहाँ उनको राम्रै कमाई थियो । दिल्लीमै रहँदा गाउँका छिमेकी जसबहादुर श्रीष मगर भेटिएका हुन । श्रीषले सुदुर मश्चिम तिरकी एक छोरीसमेत रेखा चन्दसंग विवाहगरी बसेका रहेछन । लक्ष्मण र जसबहादुरको दिल्लीमा भेटघाट भैरहन्थ्यो । लक्ष्मण दिल्लीमै कार्यरत थिए, जसबहादुर श्रीमति सहित घर फर्के ।
गाउँ फर्केपछि जसबहादुर दम्पत्तिले सोझी र विपन्न परिवारकी लक्ष्मणकी श्रीमतिलाई दिल्ली पुऱ्याउने प्रपञ्च गरे । त्यसकालागी दिल्लीमा रहेका लक्ष्मणले घरमा श्रीमतिलाई लेखेको चिठी भन्दै शुशिलालाई दिए । चिठीमा लक्ष्मणले श्रीमतिलाई पत्रबाहकसँगै दिल्ली आउन भनिएको थियो । सोही अनुसार लक्ष्मणकी श्रीमित शुशिला ०६३ फागुन २७ गते जसबहादुर र रेखाको पछि लागेर दिल्ली हिंडिन । घरबाट हिंडेको चार दिनमा उनी दिल्ली त पुगिन तर दिल्लीमा श्रीमान लक्ष्मणसँग भने भेट भएन । श्रीष दम्पत्तिले लक्ष्मणले पुरानो काम गरिरहेको कम्पनीबाट भागेर गएको भन्दै अलपत्र परेकी शुशिलालाई आफुसँग वस्न लगाए । ३–४ दिनपछि विस्तारै यौनसम्पर्ककालागी बाध्य पार्न थालियो । केहीसमय कोठीमा पुऱ्याईयो त्यहाँ संञ्चालकले तीन लाखमा किनेको बताइएको थियो ।
को हुन जसबहादुर श्रीष ?
जसबहादुर श्रीष मगर बेनी नगरपालिका, ३ भकिम्लीका स्थाई बासिन्दा हुन । सानै उमेरदेखी अपराधिक स्वभावका जसबहादुरले युवा उमेरमा आफन्त पर्ने महिलालाई बलत्कार गरी भारत पसेका थिए । प्रहरीका अनुसार भारतको दिल्लीमा रहँदै श्रीष मगरको सुदुरपश्चिम तिरकी पार्वतीदेवी चन्द ठकुरीसंग भेट भएको हो । चन्दले दिल्लीमा संभवन कोठी चलाउँथिन । सोही क्रममा चिनजान भएपछि विवाह भएको हो । रेखा पार्वतीको पूर्व लोग्ने तर्फकी छोरी हुन । भारतमा पार्वती चन्दसँगको सम्पर्कमा पुगेपछि जसबहादुरले गाउँ फर्कने र सोझासाझा महिला, युवतीलाई राम्रो रोजगारीमा लगाउँछु भन्दै यौनबजारमा लगेर बेच्ने गरेको प्रहरीले दावी गरेको छ ।
लक्ष्मण कहाँ गए ?
०६४ अन्तिम वा ०६५ सुरुमै दिल्लीमा कार्यरत लक्ष्मण घर फर्के । लक्ष्मणका परिवारका अनुसार श्रीमति जसबहादुर दम्पत्तिको पछि लागेर दिल्ली गएको जानकारी पाएपछि दिल्लीमा खोजी गरेका थिए । तर कतै फेला नपरेपछि घर फर्की ०६५ साल असोमा भकिम्लीकै मरेक भन्ने ठाउँकी मिना थापासँग दोस्रो विवाह गरे । लक्ष्मण जिसी क्षत्रीको दिल्लीमा राम्रो सरकारी जागिर थियो । दोस्रो विवाहपछि पनि लक्ष्मण लामोसमय दिल्लीमा कार्यरत रहे ।
‘नाताले छोरी पर्ने मिनाको बेनी स्थित मेरै घरबाट लक्ष्मणसँग विवाह गराईएको हो । विवाहपछि मात्र लक्ष्मणकी जेठी श्रीमति हराएको जानकारी पाएका हौं’ राप्रपा म्याग्दीका अध्यक्ष समेत रहेका वीरबहादुर थापाले भने, ‘त्यो समयमा लक्ष्मणले घर, माईती र भारतमा समेत श्रीमति शुशिलाको खोजी गरेका थिए रे । तर त्यसवेला नै प्रहरीमा जसबहादुरसँग पछि लागी दिल्ली हिंडेकी श्रीमति वेपत्ता भई भनी उजुरी दिनु पथ्र्यो । त्यसो नहुँदा झमेला आएको हो ।’
अन्दाजी ०७० सालतिर मात्र लक्ष्मण दिल्लीको नोकरी छोडेर साउदी गएका थिए । साउदीबाट लक्ष्मण घर आउजाउ भैरहन्थ्यो । यही माघ ४ गतेपनि युएइबाट घर विदामा आएका लक्ष्मण त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल ओर्लिए । विमानस्थलबाट ओर्लिने वित्तिकै लक्ष्मणलाई प्रहरीको केन्द्रीय मानव वेचविखन ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
लक्ष्मणका नाताले दाई रत्न जिसीले जसबहादुर र निजकी श्रीमति पार्वतीले भाई लक्ष्मणको नक्कली पत्र बनाई बुहारीलाई झुक्याएर दिल्ली पुऱ्याई यौनकोठीमा बेचेको र भाईलाई फसाईएको आरोप लगाएका छन ।
‘भाईले यदी श्रीमतिलाई दिल्ली बोलाएको पत्र पठाएको भए घरपरिवारलाई थाहा हुने थियो । हामीलाई थाहा भएन । भाईले पनि कुनै पत्र लेखेको होईन भन्छ । फेरी शुशिलाले राती घर छोडेर हिंडेकी थिईन’ दाई रत्नले प्रहरी कार्यालयमा त्यो वेलाको घट्ना विवरण टिपाएका छन ।
कसरी उम्किन शुशिला ?
दिल्लीमा बेचिएको १६ बर्षपछि सामाजिक संञ्जाल फेसबुक मार्फत शुशिला आफन्तको सहयोगमा नेपाल फर्कन सफल भईन । त्यसपछि वल्न दुर्गम गाउँको विपन्न परिवारकी चेलीको नारकीय यौनकोठी यात्रा र अपराधीहरुको पोल खुलेको हो ।
दिल्लीकै एक कोठीमा रहेका बेला शुशिलाको विवाह एक भारतिय नागरिक संग भयो । भारतीय श्रीमानबाट दुई छोराछोरी जन्मेका छन । विवाहपछि भने उनले यौनधन्दा गर्नु परेन । तर दास झै भारतीय श्रीमानसँग रहिन । त्यसैक्रममा उनले फेसबुक खोलिन । फेसबुकबाट आफन्तहरुको खोजी गरिन । त्यसैक्रममा एक जना नाताले भाईसँग फेसबुकमै भेट भयो । त्यसपछि उनी मावलीहरुसँग फेसवुकमै जोडिन । सवै घट्ना आफन्तलाई वेलिविस्तार लगाईन । र वेपत्ता भएको १६ बर्षपछि एक जना आफन्त मार्फत शुशिलाको दिल्लीबाट उद्धार गरी ल्याईयो । प्रहरीसम्म मानववेचविखन मुद्धा दर्ता भएको हो ।