- Loading...
कालीपुलस्थित मोटरपुल जोखिममा
- पुनहिल डट कम
- ३ साल अघि
- ३६० पटक पढिएको

|gbL s6fgn] hf]lvddf, df]6/k'n M DofUbL lhNnfnfO{ df]6/af6f]n] hf]8g] a]gL gu/kflnsf, * sflnk'n l:yt df]6/k'n sfnLu08sL gbLsf] lg/Gt/ s6fgn] lkn/ eTsfPkl5 hf]lvdk"0f{ ag]sf] 5 . k'nsf] lkn/ g} gbL s6fgn] hL0f{ ePklg ;/f]sf/jfnf lgsfon] ;+/If0fdf rf;f] eg] b]vfPsf 5}gg . t:jL/ M 3gZofd v8sf, sflGtk'/
सदरमुकाम जोड्ने बेनी नगरपालिका–८ कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् ।
सडक विभागले २०६२ मा पर्वतको मल्लाज र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमाथि ७२ मिटर लामो मोटरपुल निर्माण गरेको थियो । बर्खायाममा कालीगण्डकीले ल्याउने ठूला ढुंगाको चापले पुलको पिलर फुटेर जीर्ण भएको हो । उक्त पुल म्याग्दी र मुस्ताङलाई प्रदेश राजधानी पोखरासमेत देशका अन्य भूगोलसँग सडकले जोड्ने मुख्य पुल हो ।
कालीगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले सडक विस्तारको काम गरिरहेको भए पनि उक्त पुल आफूहरूलाई हस्तान्तरण नभएको बताउने गरेको छ । सडक विभागले भने सडक स्तरोन्नति गर्ने, मर्मत गर्ने सबै काम पुरै आयोजनाको जिम्मामा गइसकेको बताउँछ । आयोजना प्रमुख जगत प्रजापतिका अनुसार उक्त पुल आयोजनाअन्तर्गत नै पर्ने भए पनि विभिन्न पुल भिन्दाभिन्दै कार्यालयले निर्माण गरिरहेका छन् । उनले भने, ‘बनिसकेका पुलको मर्मतसम्बन्धी कुनै जिम्मेवारी हामीलाई तोकिएको छैन ।’
कालीगण्डकीले भत्काएपछि ५ वर्षअघि पुलको पिलर सुरक्षा गर्न फलामका पाताले बेरेर राखिएको थियो । उक्त फलामे पाता पनि गएको बर्खामा नदीको वेगले उप्काएर पिलर नै भत्काउन थालेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
