FLASH NEWS
  • Loading...

गण्डकीमा सक्रिय संक्रमित ७ हजार नाघे

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२२ पटक पढिएको
गण्डकीमा सक्रिय संक्रमित ७ हजार नाघे

गण्डकीमा कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६८ जना पुगेको हो ।

कुल सक्रिय संक्रमितमध्ये पछिल्लो २४ घन्टामा मात्रै ७ सय १७ जनामा कोरोना पुष्टि भएको हो । कुल १ हजार ५५ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा ७५ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयको तथ्यांकअनुसार महामारीको तेस्रो लहरबाट गण्डकी प्रदेश मुकाम पाेखराबढी प्रभावित छ । कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित पाेखरा एवं कास्कीका मात्रै छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार कुल संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । कुल सक्रिय संक्रमितमध्ये बिहीबारसम्म ७ हजार २८३ जना संक्रमित होम आइसोलेसनमा छन् । बाँकी ८९ जना संक्रमितमात्रै कास्कीका विभिन्न अस्पतालमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।

अस्पतालमा उपचाररत रहेका संक्रमितमध्ये २ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, ४० जना एचडीयू र ३६ जना साधारण बेडमा उपचाररत छन् ।