- Loading...
२४ करोड ४१ लाख ८८ हजारबढिको कन्डम आयात
- पुनहिल डट कम
- ३ साल अघि
- ३७९ पटक पढिएको

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २४ करोड ४१ लाख ८८ हजार रुपैयाँको कन्डम आयात भएको छ । जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुनुको कारणलाई कन्डम आयातसँग पनि जाेडिन थालिएकाे छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा मात्र नेपालमा झन्डै नौ करोड रुपैयाँको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पौष मसान्तसम्मको तथ्याङ्कअनुसार २०७८ साउनदेखि २०७८ पुष महिनाको अवधिमा विदेशबाट आठ करोड ८२ लाख ४५ हजार रुपैयाँको कन्डम आयात भएको हो ।
हालै सार्वजनिक भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक दशकमा झन्डै ३१ प्रतिशतले घटेको देखिएको छ । एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत थियो । तर केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार त्यो शून्य दशमलव ९३ मा झरेको छ ।
एक प्रतिशतभन्दा कम वृद्धिदर भएपछि मानिसहरूले यसको कारणबारे अनेकौँ अड्कलबाजी गरिरहेका छन् । केहीले भने नेपालीमा चेतना बढेको सन्तान उत्पादन प्रक्रियामा सजक भएको वा भनौँ त्यस्ता साधनहरूमा धेरै पहुँच राख्न थालेको अनुमान लगाउन थालेका छन् ।
त्यस्तै, अर्थिक वर्ष २०७२/७३ मा २१ करोड ११ लाख ३ हजार, ०७३/७४ मा ११ करोड ५६ लाख रुपैयाँ, ०७४/७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ, ०७५/७६ मा १३ करोड ५३ लाख ४६ हजार रुपैयाँ बराबरको कन्डम आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा १३ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको कन्डम नेपाल भित्रिएको थियाे ।
अझैपनि कन्डमका बारेमा खुलेर कुरा गर्न मानिसहरू हिचकिचाउँछन् तर यसको प्रयोग भने व्यापक रुपमा भैरहेको आयात भएको तथ्यांकले पुष्टि गर्छ । कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कन्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको पाइन्छ ।
नेपाल सिआरएस कम्पनीले देशभित्रै अमेरिकी प्राविधिक सहयोगमा ढाल, प्यान्थर, डिजायर ब्रान्डको कन्डम उत्पादन गरे पनि त्यसले बजारको माग नधानेकै कारण विदेशबाट कन्डम आयात हुने गरेको हो । परिवार नियोजनको अस्थायी र भरपर्दो साधन भएको कारणले यसको खपद बढ्दो देखिन्छ । यसले अनिच्छत गर्भ नियन्त्रण मात्रै गर्दैन, विभिन्न यौनरागेबाट समेत जोगाउँछ । सरकारले कन्डममा १ प्रतिशतमात्रै कर लिँदै आएको छ ।
नेपालमा कन्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ, यसमा आवश्यक सवै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन । प्रयोग गरिएको रबर, सिलिकन, ल्युव या अन्य पदार्थहरू उपयुक्त छन कि छैनन् ? भन्ने बारेमा नेपालमा जाँच हुँदैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
