FLASH NEWS
  • Loading...

म्याग्दीका ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, स्वास्थ्य क्षेत्र ठप्प बन्ने जाेखिम

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४८ पटक पढिएको
म्याग्दीका ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, स्वास्थ्य क्षेत्र ठप्प बन्ने जाेखिम

म्याग्दीका ४६ जना स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाकाे स्वास्थ्य संस्थाहरू ठप्प हुने अवस्थामा पुगेका छन ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरुमा कोरोना संक्रमण भएपछि बेनी अस्पतालकाे अाकस्मिकबाहेकका सेवा वन्द छन । बेनी अस्पतालका ४१ जना स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएको छ ।  अस्पतालमा कार्यरत ७ जना चिकित्सकमध्ये ४ जनामा कोरोना संक्रमण भएको छ । बेनी अस्पतालमा अहिले ३७ जना सक्रिय कोरोना संक्रमित छन ।

सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना संक्रमण फैलनसक्ने भएपछि गत आईतवारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरि आकस्मिक सेवाबाट मात्रै उपचार सेवा दिईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए ।

मंगलवारसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २३५ पुगेको छ ।