- Loading...
गठबन्धन कांग्रेसका लागि घातक-कोइराला समूह
- पुनहिल डट कम
- ३ साल अघि
- ३७१ पटक पढिएको

पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको कांग्रेसको कोइराला समूहले निष्कर्ष निकालेको छ ।
आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, ‘ भर्चुअल बैठकमा सहभागी एक नेताले भने, ‘ यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ ।’
बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो ।
‘पार्टीभित्र छलफल नै नगरी सभापतिले एकलौटी ढंगले गठबन्धनका नेताहरू भेटेर धारणा तय गर्ने र पार्टीको आधिकारिक धारणा नै त्यहि हो भन्ने अब हामीलाई स्वीकार्य छैन,’ ती नेताले छलफलको निर्णय सुनाउँदै भने ।
कोइराला समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णयसमेत गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
