- Loading...
स्थानिय तह जनप्रतिनिधी विहिन बनाउने कानुनी छिद्र खाेज्दै सत्ता गठवन्धन
- पुनहिल डट कम
- ३ साल अघि
- २९५ पटक पढिएको

विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ ।
स्थानीय तहमा एमालेको वर्चस्व छ । असोज २ लाई अन्तिम कार्यकाल मानेर त्यसको ६ महिनाको समय बढाउँदा स्थानीय तह पूरै कर्मचारीको हातमा जान्छ । कर्मचारीको हातमा जानु भनेको एमालेबाट स्थानीय तहका सबै स्रोत साधन केन्द्रीय सरकारको हातमा आउनु हो ।
केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय तहको अधिकार कुण्ठित गर्न लागेको गठबन्धन एक सातादेखि कानुनी छिद्र खोज्ने प्रयासमा छ । संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएको छ । यही पछिल्लो वाक्यांश र ऐनको दफा ३ बाझिएको भन्दै दलहरू ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन धकेल्न खोजिरहेका छन् । जबकि चरणबद्ध निर्वाचन भएमा पहिलो चरणको निर्वाचन भएको एक सातालाई निर्वाचन भएको मिति मानेर त्यसैका आधारमा पाँच वर्ष गणना हुने स्पष्ट कानुनी व्यवस्था छ । गत स्थानीय तह निर्वाचनको पहिलो चरणको मतदान २०७४ वैशाख ३१ मा भएकाले आगामी जेठ ६ मा सबै स्थानीय तहको कार्यकाल सकिने कानुनी अवस्था छ ।
स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन नहोस् भनेर बनाइएको कानुन नै सत्ता गठबन्धनका लागि अहिले अर्घेलो भएको छ । स्थानीय तहको दोस्रो निर्वाचनको पूर्वसन्ध्यामा उक्त कानुन नै संविधानसँग बाझियो भनेर संशोधन गर्न खोजिएको हो ।
निर्वाचन ऐनअनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ मा सकिँदै छ ।
संसदीय निर्वाचन पनि मंसिरको सट्टा माघ वा फागुन पहिलो सातामा गर्ने विषयमा गठबन्धनका नेताहरूले छलफल गरिरहेका छन्, यसका लागि पनि कानुनी तर्कको खोजी भइरहेको बालुवाटार स्रोतले बतायो ।
प्रमुख प्रतिपक्षले स्थानीय तहको निर्वाचन सार्ने गरी सरकारले ल्याउने कानुन संशोधनको विधेयक संसद्बाट पारित हुन नदिने रणनीतिसमेत बनाएको छ । तर सरकारले अध्यादेशबाटै कानुन संशोधन गर्ने तयारीसमेत गरेको छ ।
गाउँपालिका र नगरपालिकाका पदाधिकारीको निर्वाचनपछि सभाको निर्वाचन हुने व्यवस्था छ, त्यसका लागि संविधानले ६ महिना भनेको हो, त्यसलाई अन्यथा अर्थ लगाएर निर्वाचन नगरी लामो समय स्थानीय तह कर्मचारीको भरमा छाड्दा भ्रष्टाचार मौलाउँने प्रतिपक्षकाे जिकिर छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
