FLASH NEWS
  • Loading...

गरिमा विकास बैंकको नाफा २५ प्रतिशले बढ्याे

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४० पटक पढिएको
गरिमा विकास बैंकको नाफा २५ प्रतिशले बढ्याे

गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म  ४९ करोड २९ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको  अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशतले बढेर एक अर्ब १७ करोड ५० लाख पुगेको छ। यस अवधिमा बैकको खुद फि तथा कमिशन आम्दानी ४.४९ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने २५.१९ प्रतिशत बढेको छ। पुस मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३५ करोड ६१ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २५.२५ प्रतिशत बढी हो। खर्च र आम्दानीका सूचकलाई सन्तुलनामा राख्दै बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि हुदा नाफा बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा समेत सामान्य सुधार भएको छ। बैंकको प्रतिशेयर आम्दानी ६६ पैसाले बढेर २४ रुपैयाँ ९७ पैसा रहेको छ। चुक्ता पूँजी तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा दुई अर्ब १३ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ।