FLASH NEWS
  • Loading...

गठबन्धन कांग्रेसका लागि घातक-कोइराला समूह

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०४ पटक पढिएको
गठबन्धन कांग्रेसका लागि घातक-कोइराला समूह

पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको कांग्रेसको कोइराला समूहले निष्कर्ष निकालेको छ । 

आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, ‘ भर्चुअल बैठकमा सहभागी एक नेताले भने, ‘ यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ ।’

बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो ।

‘पार्टीभित्र छलफल नै नगरी सभापतिले एकलौटी ढंगले गठबन्धनका नेताहरू भेटेर धारणा तय गर्ने र पार्टीको आधिकारिक धारणा नै त्यहि हो भन्ने अब हामीलाई स्वीकार्य छैन,’ ती नेताले छलफलको निर्णय सुनाउँदै भने ।

कोइराला समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णयसमेत गरेको छ ।