- Loading...
डाक्टरहरूकाे एमडी-एमएसको प्रवेश परीक्षामा सहभागी ‘नक्कली परीक्षार्थी’ तथा ‘बिचौलिया’ पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- ३७२ पटक पढिएको

चिकित्सा शिक्षा आयोगले शनिवार (हिजो) सञ्चालन गरेको एमडीएमएसको प्रवेश परीक्षामा सहभागी ‘नक्कली परीक्षार्थी’ र ‘बिचौलिया’ गरी तीन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने तिनै जना भारतीय नागरिक हुन् ।
सीआईवीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार नक्कली परीक्षार्थीको रुपमा सहभागी भएका भारतको उत्तरप्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रालाई कलंकीस्थित एलआरआई परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो । यस्तै सिक्टा विहार भारत घर भएका ३४ वषीय शशी भुषण सिंहलाई पनि सोही परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो । उनी नक्कली परीक्षार्थीलाई सहयोग गर्ने बिचौलियको रुपमा क्रियाशिल भएको सीआईवीले जनाएको छ ।
यस्तै खगरिया, विहार भारत घर भएका ३२ वर्षीय कृष्ण मुरारीलाई नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पक्राउ परेका हुन् । उनलाई परीक्षामा अमर्यादित कार्य गरेको आरोप लगाएको छ ।
त्यसो त एमडीएमएसको प्रवेश परीक्षाको अघिल्लो दिननै केही व्यक्तिहरुले नक्कली परीक्षार्थी बनेर सेटिङ मिलाउँदै गरेको समाचार सार्वजनिक भएको थियो । कतिपय विद्यार्थीहरुले प्रश्नपत्र नै लिक भएको भन्दै परीक्षा स्थगित गर्न समेत माग गरेका थिए । तर आयोगले परीक्षालाई निरन्तरता दिएको थियो ।
शनिबारको परीक्षा अनुगमन गर्न गएका अनुगमनकर्ताले उपत्यकाका अरु परीक्षाकेन्द्रको गतिविधि समेत शंकास्पद भएको बताएका छन् । उनीहरुले आयोगले परीक्षामा हुने अमर्यादित गतिविधिलाई आँखा चिम्लेको आरोप समेत लगाएका छन् ।
‘केही परीक्षा केन्द्रमा फितलो चेकिङ थियो । परीक्षार्थीहरुले डिभाईस प्रयोग गर्न मिल्ने बाताबरण थियो । परीक्षाकै अघिल्लो दिन नै सेटिङ भएको खवर सार्वजनिक भएपछि जुन सतर्कता गर्नुपर्ने थियो । त्यो पटक्कै भएन,’ ती अनुगमन कर्ताले भने ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
