FLASH NEWS
  • Loading...

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी, कारोबार नगर्न निर्देशन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६४ पटक पढिएको
क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी, कारोबार नगर्न निर्देशन

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सीको रुपमा रहेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ कारोबार नगर्न निर्देशन जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई पछिल्लो समय केही व्यक्तिले नेपालभित्र गैरकानूनी रहेको क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीसँग सम्बन्धित हाइपड फन्डजस्ता कोषमा लगानी गर्ने र जोसिअल, क्राउड १, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध भएर कारोबार गर्नेको संख्यामा वृद्धि भएपछि राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानुनी रहेको जनाएको छ । त्यसरी कारोबार गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’