- Loading...
ड्युटी बस्ने श्वास्थ्यकर्मी सवै संक्रमित भएपछि बेनी अस्पतालको ओपिडी सेवा बन्द
- पुनहिल डट कम
- ३ साल अघि
- ३५८ पटक पढिएको

डाक्टरसमेत अधिकांश स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएपछि बेनी अस्पतालको ओपिडि सेवा वन्द भएको छ ।
ड्युटी बस्ने स्वास्थ्यकर्मी र कर्मचारी नपुगेपछि अस्पतालले शुक्रवारदेखी ओपिडी सेवा वन्द गर्नु परेको जनाएको छ ।
‘डाक्टरहरु, नर्सहरु र टिकट काट्ने कर्मचारीहरु समेत संक्रमित भएपछि ड्युटीमा खटिने स्वास्थ्यकर्मी पुगेनन । इमर्जेन्सी सेवा बन्द गर्न मिलेन त्यसैले संक्रमणबाट जोगिएका दुई जना मेडिकल अफिसरलाई इर्मजेन्सी जिम्मा लगाई ओपिडी सेवा बन्द गर्नु परेको हो’ बेनी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट जीतेन्द्र कंडेलले भने, ‘म आफै पनि संक्रमित हुँ । कम्तीमा एक हप्ताकालागी ओपिडी खोल्न मिल्ने अवस्थै छैन ।’
डा.कंडेलका अनुसार दुई जना कन्सल्टेन्टमध्य एक जना र ६ जनामध्य ५ जना मेडिकल मेडिकल अफिसर संक्रमित छन । १२ मध्य ८ जना स्टाफ नर्स संक्रमित भएका छन । अन्य धेरै कर्मचारीहरु पनि संक्रमित भएको अवस्था छ । गत हप्ता संक्रमित भएका डाक्टरसमेत स्वास्थ्यकर्मी अर्को हप्ता काममा फर्कने पनि अस्पतालले जनाएको छ ।
विहिवार पनि ओपिडिमा विरामी जाँच्ने डाक्टर नभएपछि अहेवहरु राखेर विरामी जाँच गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
