- Loading...
मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न माग
- पुनहिल डट कम
- ३ साल अघि
- ३१६ पटक पढिएको

१५ वर्षअघि भएको गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने उनीहरूको माग छ।
५ माघमा रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको नामै लिएर गौर हत्याकाण्डमा जस्तै घेरा हालेर ज्यान लिने धम्की दिएकी थिइन्।
मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने यादव जनउत्तरदायी कुनै पनि पदमा बस्न अयोग्य रहेको नागरिक अगुवाहरूको ठहर छ।
अपील जारी गर्नेहरूमा डा. केदारनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षित छन्।
२०६३ चैतमा तत्कालीन मधेशी जनअधिकार फोरमको अग्रसरतामा २८ जना माओवादी समर्थकको अनाहकमा ज्यान जाने गरी बर्बर र पाशविक आक्रमण भएको थियो। हत्याका अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन नसकिएको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत संलग्नता भएको स्वीकारोक्ति सार्वजनिक गरेको देखिन्छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
