FLASH NEWS
  • Loading...

म्याग्दीमा अाज एकै दिन ४४ जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०८ पटक पढिएको
म्याग्दीमा अाज एकै दिन ४४ जना संक्रमित थपिए

म्याग्दीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट २२ र पिसिआर परिक्षणबाट २२ गरी ४४ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा पनि केही दिन यता कोरोना संक्रमणको दरमा वृद्धि हुनथालेको छ । कोरोना संक्रमण वढेसँगै जिल्लामा शैक्षिक संस्थाहरु बन्द गर्नुका साथै सार्वजनिक सेवा लिन खोप कार्डको अनिवार्य गरिएको छ ।