FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा टाइमकार्ड लागु हुँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०७ पटक पढिएको
बेनी–जोमसोम सडकमा टाइमकार्ड लागु हुँदै

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय गरेको हो ।

आयोजना प्रमुख जगत प्रजापतिका अनुसार माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा यातायात आवत जावत बन्द गरेने भएकाे हाे । यी खण्डमा यातायात सुचारू गर्न डाइभर्सनकाे विकल्प नभएकाे र चट्टान काटेर सडक बिस्तार गरिने भएकाेले सडकमा यातायात नियमित गर्न टाइमकार्ड लागु गर्न थालिएकाे हाे । 

जिल्ला सदरमुकाम मोटरबाटोले जोड्ने निती अनुसार ०५८ मंशिरदेखी बेनी–जोमसोम ७६ किमी सडक निर्माण सेनालाई दिईएको हो । सेनाले ०६४ फागुन २३ गते सेना दिवसको अवसरमा पाईलट ट्रयाकमा यातायात खुल्ला गरेको थियो । सेनाले बेनी–जोमसोम ट्रयाक ०६९ वैशाख २२ गते सडक विभागलाई हस्तान्त्रण गरेको थियो ।

सडक विभागले बेनी–जोमसोम–कोरोला सडकलाई राष्ट्रिय प्राथकितायुक्त योजनामा समावेस गरी छिटोछरितो काम गर्न आव ०७२ देखी कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना स्थापना गरी काम थालेको थियो । आयोजनाले बेनी–जोमसोम ७६ किलोमिटरलाई आव ०७३/०७४ जेठमा सवै संरचना र ७ मिटर कालोपत्रे सहित ११ मिटर चौडा सडक गर्न ठेक्का लगाउँदा सडक विभागले बेनी–गलेश्वरसम्मको ३ किलोमिटर सडक हस्तान्त्रण गरेको थिएन ।